• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 11:03 am

‘जुम एप’मा थपियो नयाँ फिचर

काठमाडौं । भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही फिचर (विषेशता) तथा सेवाहरू थप गरेको छ । 

विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् । 

‘जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५।० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ,’ अधिकारीहरूले भनेका छन् । 

त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।

विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ । 

तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सुचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो । 

भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने बैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतपछि अमेरिकाले चिनियाँ एप टिक टिक बन्द गर्ने तयारीमा

  • २३ असार, २०७७

एजेन्सी । भारत र हङकङकमा टिकटक ब्यान्ड भएसँगै अहिले अमेरिकामा पनि यसबारे चर्चा सुरु भएको छ।  अस्ट्रेलियामा पनि चिनियाँ एपहरू बन्द गर्ने माग

इजरायले लञ्च गर्यो नयाँ जासूसी उपग्रह, इरानको परमाणु गतिविधिको निगरानी गर्ने

  • २२ असार, २०७७

एजेन्सी । इजरायलले एक नयाँ जासुसी उपग्रह लञ्च गरेको छ, जसले आफ्नो सैन्य गोप्य जानकारीका लागि उच्च–गुणस्तरको निगरानी प्रदान गर्ने बताइएको छ

भारतमा १५ अगस्टसम्ममा कोरोना खोप बन्ने

  • २० असार, २०७७

एजेन्सी । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप