• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बाँकेको दुर्घटनामा ज्यान गुमाउनेको सनाखत [नामावलीसहित]

काठमाडौं । बाँकेको ठुहरिया जंगलमा भएको दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । 

मध्यरातमा भएको माइक्रो दुर्घटनामा परेर १२ जनाको मृत्यु थियो । उनीहरुको आज सनाखत भएको हो । ना ५ ख ५९९५ नम्बरको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटनामा परेको कोहलपुरका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिए ।

भारतबाट उद्धार गरेर नेपालगंजबाट सल्यानतर्फ यात्रु लिएर जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको थियो । 

नामावली

१) निमबहादुर ओली
२)नरेन्द्र विक
३) मोहनचन्द्र विक (रोल्पा रुन्टीगढी ६ होलेरीका)
४) बुद्विराम विक
५) भीमबहादुर विक 
६) रामकुमार पुन (दाङ राजपुर ६)
७) पूर्ण बहादुर पुन (दाङ शान्तिनगर ३)
८) सीता पुन (दाङ शान्तिनगर ३)
९)दान बहादुर खड्का (दैलेख गुराँस गाउँपालिका ४)
१०) पवन भण्डारी सुर्खेत वीरेन्द्रनगर ३ तातापानी
११) रितेश कार्की
१२) हिमान्सु थापा (दाङ शान्तिनगर ३)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर