• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आरबी लेइप्जिगको प्रभावशाली जित

एजेन्सी  ।  एफसी कोल्नमाथि सहज जित निकाल्दै आरबी लेइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।

सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली कोल्नमाथि ४–२ को सहज जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै लेइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँगको अंक दुरी २ मा झारेको छ । लेइप्जिगको २९ खेलबाट ५८ अंक पुगेको छ । डर्टमुन्डको ६० अंक छ । पराजित कोल्न ३४ अंकसहित ११औं स्थानमा छ । शीर्षस्थानको बायर्न म्युनिखको ६७ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर