• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राष्ट्रियसभा बैठकमा नेपाल सरकारको बार्षिक प्रतिवेदन पेश हुँदै

काठमाडौं । संघीय संसद अन्र्तगतको राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक बर्ष २०७५÷७६ को नेपाल सरकारको बार्षिक प्रतिवेदन पेश गर्न कार्यसूची छ ।

त्यस्तै बैठकमा तथ्याङ्क बिधेयक पेश गर्ने कार्यसूची पनि छ भने अनुगमन तथा मुल्याङ्कन बिधेयक २०७६ लाई दफावार छलफलका लागि बिधयान समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर