• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मुलुकका केहि स्थानमा मेघगर्जनसहित बर्षा हुने, यस्तो छ तीन दिनको मौषमी विवरण

काठमाडौं । आज पहाडी भू भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भू भाग का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ। यस्तो छ तीन दिनको मौषमी बिबरण

जेठ २० गते (मंगलबार)

 दिउँसोः  पहाडी भू-भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भू-भाग का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली  रहि बाँकी भू-भागमा मौसम  आंशिक बदली  रहनेछ। देशको  प्रदेश १का  थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)

 दिउँसोः  प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा  सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७  का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७  का भू-भागहरुमा सामान्य बदली  रहि  बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७  का थोरै स्थानहरुमा   मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

 

जेठ २१ गते (विहीबार)

 दिउँसोः  प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थान र बाकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७  का भू-भागहरुमा सामान्य बदली  रहि  बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर