• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कृषि क्षेत्रमा इजरायलले हासिल गरेका विशेषज्ञता हस्तान्तरणमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले पालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् । नेपाल र इजराइलबीच  कूटनीटिक सम्बन्ध कायम भएको ६० औँ वर्षगाँठका अवसरमा 

प्रधानमन्त्री  शर्मा ओलीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई टेलिफोन मार्फत एक आपसमा खुशी एवं शुभेच्छा प्रकट गर्दै इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने बताएका हुन् । 

दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरेको र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाएका थिए । 

उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भएका थिइ , दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि ओलीले गरे । 
    
कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर