• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कंगोमा इबोला भाइरसको नयाँ संक्रमणका कारण पाँच जनाको मृत्यु

एजेन्सी ।  प्रजातान्त्रिक गणराज्य कंगोमा इबोला भाइरसको नयाँ संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ बर्षिया बालिका पनि रहेको युनिसेफले जनाएको सिएनएनको समाचारमा उल्लेख छ । त्यस्तै अन्य मृतकहरु १८ देखि ३० बर्षसम्मका छन् । 

एता डव्लुएचओ भने पश्चिमी सहर मब्बनडाकामा इबोलाबाट चार जनाको मृत्यु भएको र ६ जनामा संक्रमण देखिएको जनाएको छ । 

हालै संक्रमित फेला परेको स्थानभन्दा हजार किलोमिटर टाढा अहिले पुनः यसको संक्रमण देखिएको बताइएको छ । इवोला देखिएको क्षेत्रमा क्षेत्रमा चिकित्सकसहितको टोली पठाइसकिएको समाचारमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर