अभिनेत्री मोहना कुमारीसहित परिवारका ७ सदस्यमा कोरोना पोजेटिभ

एजेन्सी । भारतीय टिभी सिररियल ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरेकी अभिनेत्री मोहना कुमारी सिंहमा कोरोना भाइरस संक्रमण भएको छ । यति मात्र होइन उनको श्रीमान सुयश रावत, सासु ससुरा लगायत परिवारका ७ जना सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । 

यतिबोल उनीहरुको परिवार नै देहरादुनको एक नीजि अस्पतालमा भर्ना भएका छन् ।  मोहनाले गत वर्ष अक्टुबरमा अत्तरखण्डको पर्यटन मन्त्रीको छोरा सुयश रावतसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह एक भव्य समारोहको साथ गरिएको थियो ।

भारतीय मिडियाले जनाए अनुसार उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य छ । मोहनाले एक वेबसाइडमा कुरा गर्दै भनेकी छन् –हाम्रो अवस्था सामान्य छ हामी अस्पतालकै क्वारेन्टाइनमा बसेका छौ । चिन्ताको कुनै विषय छैन । ’ उनीहरु अस्पताल भर्ना भएको आज दोस्रो दिन हो । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर