• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पश्चिमरुकुम घटनाका दोषीलाइ निष्पक्ष ढंगले कानुनी कारबाही अघि बढाउन संसदीय समितिको निर्देशन

काठमााडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले पश्चिमरुकुम घटनाका दोषीलाइ निष्पक्ष ढंगले कानुनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको निस्शुल्क उपचार गर्न निर्देशन दिदै दोषीलाइ निष्पक्ष ढंगले कानुनी कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो । समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न पनि निर्देशन दिएको छ ।

दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए । घटनास्थलमा प्रहरी ढिला पुगेको स्वीकार गर्दै उनले कमजोरी पाइए विभागीय कारबाही हुने स्पष्ट पारे । उक्त घटनाको स्थानीय, प्रदेश र केन्द्रबाट भइरहेको छानबिन अन्तिम चरण पुगेको गृहमन्त्री थापाले बताए । 

त्यस्तै महान्यायाधिवक्ता अग्नि खरेलले ५ जनाको हत्या भएको र एकजना बेपत्ता रहेको रुकुम घटनामा न्याय गरिने बताए ।  बैठकमा प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले गृह मन्त्रलायका सहसचिव नेतृत्वको एउटा टोली तथा सिआइबीको अर्को टोली र नेपालगञ्जबाट संघीय प्रहरीको अर्को टोली गरी तीनवटा टोली घटनाको अनुसन्धान र जाँचबुझमा खटिएको जानकारी दिए । 

समिति सदस्यहरुले उक्त घटनामा संसदीय छानविन समिति गठन हुनुपर्ने बताए । उक्त घटनाको अनुसन्धान फितलो भए सदनमा नै चर्को आवाज उठाउने चेतावनी उनीहरुले  दिए । ..यहि जेष्ठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार लगाएतको मृत्यु भएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर