• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

क्वारेन्टाइनमा रहेका नेपालीको दुईसाताभित्र कोरोना परिक्षण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमााडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भारतीय सीमाबाट नेपाल भित्रेर क्वारेन्टाइनमा बसेका नेपालीहरुको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नेपाल भित्रिएको लामो समयसमम्म पनि पीसिआर जाँच नभएको गुनासो आएको भन्दै नेपााल आएको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले विदेशबाट आउने शसक्त, महिला, गर्भवती महिला, जेष्ठ नागरिक लगाएतको पनि निःशूल्क स्वास्थ परिक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले बिभिन्न देशबाट नेपाल फर्कने र नेपालभित्र रहेका श्रमिकहरुको लागि रोजगारीको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

 नेपाल आउनैपर्ने अवस्थामा नेपाल ल्याउने सरकारको निर्णयलाई स्वागत गर्दै कोरोना नियन्त्रणका लागि शसक्त रुपमा अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बिदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइ व्यवस्थापन गर्ने बिषयमा तयारी भइरहेको जानकारी दिए ,

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको बताउदै आवश्यक परे अन्य नीजि क्षेत्रका बिमानबाट पनि बिदेशमा रहेका नेपालीलाई उद्धार गरिने बताए ।  समिति सदस्यहरुले बिदेशमा समस्यामा रहेका नेपाल ल्गाएपछि सुरक्षित स्थानमा राख्नुपर्ने बताएका थिए ।

उनीहरुले चौरमा क्वारेनटाइन बनाउन नहुने सुझाव दिएका थिए ।  बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले केहिदिनभित्रै खाडी मुलुकबाट आउने श्रमिहरुको आधिकारीत तथ्याङ्क आउने जानकारी दिनुभयो । अन्य देशको तथ्याङ् आउन भने केहि दिन लाग्ने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर