• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वुहान सहरले गरेको सहरव्यापी परीक्षणमा कसैमा देखिएन कोरोना

एजेन्सी । कोरोनाभाइरसको उद्गम स्थान मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ । 

यस परीक्ष्णमा अभियानमा कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको तर तीन सय जना लक्षण नभएकाहरू भने फेला परेको तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै बताएका छन् । 

यस सहरले मे १४मा लञ्च गरेको यस महत्वाकांक्षी अभियान जुन १ सम्म चलेको थियो, जसमा ९८ लाख ९९ हजार ८ सय २८ जनाको न्युक्लेइक एसिड परीक्षण गरिएको बताएको छ । 

वुहानमा पुनः कोरोना भाइरसको संक्रमण पाइएपछि सम्पूर्ण सहरवासीको परीक्षण गर्ने चीनले घोषणा गरेको थियो । पहिला कोरोना परीक्षण नगरेकाहरूको जाँच गर्न मे १४ मा स्थानीय सरकारले न्युक्लेइक एसिड टेस्ट थालेको थियो । 

अधिकारीहरूले वुहानमा विद्यालय, व्यापार र उद्योग खोल्न सुरक्षित छ भन्ने सन्देश दिनका लागि यो परीक्षण गरिएको बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर