• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

 मैत्रीपुर्ण खेल खेल्न प्रिमियर लिग क्लबलाई अनुमति

एजेन्सी  ।  प्रिमियर लिग आयोजकले जुन १७ देखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ । 

मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल ९० मिनेट भन्दा बढी हुनेछैन । खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ ।

मैत्रीपुर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पुर्ण रुपमा पालना गरिनेछ । खेलाडीहरुको अनिवार्य कोरोना परिक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ । मैत्रीपुर्ण खेल क्लबको प्रदर्शन र कमी कमजोरी सुधारको लागि मौका हुन सक्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर