• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच जुलाईमा तीन खेलको टेष्ट सिरिज हुने

एजेन्सी । इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच जुलाईमा तीन खेलको टेष्ट सिरिज हुने पक्का भएको छ ।  इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिने बताईएको छ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।

यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ । यस अघि सिरिजमा जुनमा तय भएको थियो । तर, कोरोनाको कारण स्थगित भएको थियो ।
बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ । यस्तै ग्राउण्ड स्टाफ, अफिसियल र खेलाडीहरु बस्ने क्षेत्र छुट्टाईने छ ।

इंग्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय सिरिजलाई मध्ये नजर गर्दै ५५ खेलाडीलाईप्रशिक्षणमा बोलाईसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर