• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एक भाइरोलोजिस्ट जसले लाखौँ बालबालिका बचाए र एक महामारीलाई रोके

सन् १९९८ मा शोधकर्ता ए.जे. वाकफिल्डले एक लेख प्रकाशित गरे जसमा हिलेमनको गलगाँड, खटिरा र रुबेला खोप ‘अटिज्म’को कारण रहेको दावी गरेका थिए । यस शोधले एक खोप विरोधी आन्दोलनको जन्म दियो । तर विभिन्न स्वतन्त्र अध्ययनहरुले उक्त शोधलाई गलत प्रमाणित गरेका थिए । पछि हिलेमनको ८५ वर्षको उमेर निधन भएको ५ वर्षपछि सन् २०१० मा उक्त जर्नलले दावीलाई औपचारिक रुपमा फिर्ता लियो ।

सन् १९५७ एप्रिलमा हङकङमा एक रहस्यमयी रोग फैलिरहेको थियो । स्वास्थ्यकर्मीहरुले बालबालकाको आँखा पाक्ने समस्या सामना गरिरहेको पाए र शहरका १० प्रतिशतभन्दा बढी जनसंख्या इन्फ्लुएन्जाबाट संक्रमित थिए । 

वैज्ञानिक समुदायहरु चुपचाप थिए, तर अमेरिकामा भारइस सम्बन्धी अध्ययन गर्ने(भाइरोलोजिस्ट) माउरिस् हिलेमनले यस खतरालाई पहिचान गरेः एक महामारी पाकिरहेको थियो । 

हिलेमनले सोचे यो रोग इन्फ्लुएन्जाको एक नयाँ प्रजाति थियो, जो विश्वभर फैलन सक्षम थियो । सन् १९५७ को अन्त्यतिर उक्त भाइरस अमेरिका पुग्यो, उनी भ्याक्सिनका साथ सामना गर्न तयारी अवस्थामा थिए । 

उनको कामले लाखौँ मानिसलाई घातक भाइरसको संक्रमण हुनबाट बचायो र उनको करियरमा विश्वकै मानवको एब सानो अंश बचाउँन सफल बने । 

सन् १९१९ अगस्टमा जन्मिएका थिए हिलेमन, त्यस समय स्पेनिश फ्लु संक्रमण उचाईमा थियो । उनी मोन्टानाको मिलेस् सिटी नजिकै हुर्किएका थिए । 

डिप्रेशनका दौरान उनले जेसि पेनी स्टोरमा एक सहायक प्रबन्धको रुपमा काम पाए र आफ्नो बाँकी जिन्दगी त्यही कम्पनीमा बिताउँने योजना बनाएका थिए । तर उनका दाजुले उनलाई कलेज जानका लागि मनाए । 

उनले मोन्टाना स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न गए । उनी आफ्नो कक्षामा प्रथम श्रेणीमा सन् १९४१ मा उतिर्ण भए र उनले जति पनि आवेदन दिएका थिए, ती सबै स्नातक विद्यालयमा उनलाई स्विकार गरियो । 

शिकागो विश्वविद्यालयमा माइक्रोबायोलोजीको एक डाक्टरेट छात्रको रुपमा हिलेमनले ‘क्लामिडिया’ वास्तवमा भाइरस नभएर एक ब्याक्टेरिया भएको प्रमाणित गरे । यो एक यस्तो खोज प्रमाणित भएको थियो जसले चिकित्सकहरुलाई रोगको उपचारमा मद्दत पुर्यायो । 

आफ्नो प्रोफेसरको इच्छा विरुद्ध गएर हिलेमन ‘एकडेमिया’मा नगएर औषधी उत्पादन उद्योगसँग जोडिए । किनकि बिरामीसम्म आफ्नो शोधको लाभ पुर्याउनका लागि यो नै उत्कृष्ट तरिका रहेको उनको विश्वास थियो ।

उनले आफ्नो करियरको अन्त्यसम्ममा ४० वटा भन्दाबढी खोप विकास गरे, जसले विश्वभरमा कैयौँ रोग र मृत्युलाई रोक्यो । 

एक महामारीको रोकथामः
न्यू जर्सीस्थित ईआर क्विब औषधीसम्बन्धि कम्पनीमा ४ वर्ष बिताएपछि हिलेमन श्वासप्रश्वास सम्बन्धी रोग तथा इन्फ्लुएन्जा प्रकोपको अध्ययनका लागि वासिङ्टन डिसीस्थित ‘वाल्टर रिड आर्मी मेडिकल रिसर्च’ संस्थामा गए । 

त्यहाँ उनले इन्फ्लुएन्जा भाइरस ‘म्युटेशन’ भएर जाने र जसले उनीहरुलाई एन्टीबडी बाइपास गर्ने अनुमति दिने तथ्यलाई प्रमाण्ति गरे । यसले कुनै एक इन्फ्लुएन्जा खोपले दादुरा तथा पोलियो खोपले जस्तो जीवनभर कुनै व्यक्तिको रक्षा गर्न सक्ने भन्ने ब्याख्या गर्छ । 

यस अध्ययनको माध्यमबाट हङकङमा फैलिएको भाइरस मुलतः बाँकी प्रजातिभन्दा फरक हुनसक्ने हिलेमनलाई विश्वास लाग्यो, त्यसैले यो अमेरिका तथा अन्य राष्ट्रमा पुग्यो भने घातक बन्नसक्ने अनुमान लगाए । 

हिलेमनले सन् १९५७, एप्रिल १७ मा ‘द न्यूयोर्क टाइम्स’को एक प्रति निकाले र हङकङको अवस्थाको बारेमा पढेपछि उनले भने, ‘हे भगवान, यो महामारी हो ।’ त्यसको अर्को दिन उलने सेनालाई भाइरसको नमूना संकलन गर्न लगाए । 

त्यसको एक महिनापछि उनले हङकङबाट फर्किएका एक बिरामी नौसेनाले कुल्ला गरेको नुनपानी प्राप्त गरे । हिलेमनले भाइरसलाई सयौँ सैनिक तथा नागरिकको एन्टीबडी विरुद्ध यसको परिक्षण सुरु गरे । उनले इन्फ्लुएन्जाको यस प्रजातिका लागि एन्टिबढी भएका एक जना व्यक्ति पनि भेट्न सकेनन् । 

हिलेमनले उक्त नयाँ भाइरसको नमूनाहरु अन्य शोध संस्थाहरुमा पनि पठाए, जसबाट पुष्टि भयो कि केही वृद्ध नागरिक जो सन् १८८९–१८९० को इन्फ्लुएन्जा महामारीबाट बचेका थिए, उनीहरुमा मात्रै केही एन्डिबढी प्रतिरोध रहेको पाए । यसको अर्थ लगभग सबै जना यस नयाँ प्रजातिको भाइरसको संक्रमणमा आउन सक्ने खतरा थियो । 

सन् १९५७ मा हामी चुक्यौँ । सेना र विश्व स्वास्थ्य संगठनले यसमा चुक्यो,’ हिलेमनले एक अन्तरवार्तामा भने । यसको सामना गर्नका लागि देशसँग कति थोरै समय थियो भन्ने महशुस गर्दै हिलेमनले औषधी उद्योगहरुसँग सिधा सम्पर्क गरे र उनीहरुलाई आफ्नो नमूनाबाट खोप बनाउन भने । 

त्यस बेलासम्म मुख्य अमेरिकी खोप नियन्त्रण एजेन्सी ‘डिभिजन अफ बायलोजिकल स्ट्यान्र्ड’ले उनको कामको समिक्षा नगरेको भएपनि ती औषधी उत्पादन गर्ने कम्पनीहरुले सहमति जनाए । किनकि यसको लागि नियन्त्रण तथा समिक्षा असम्भव अवस्था आइसकेको थियो । 

हिलेमनको दृढताका कारण सन् १९५७ को अन्त्यतिर अमेरिकी तटमा फ्लुले प्रभावित गर्दा उक्त खोपको चार करोड डोज उत्पादन गरिएको थियो । अन्ततः भाइरसले विश्वभर ११ लाख र संयुक्त राज्य अमेरिकामा मात्रै एक लाख १६ हजार जनाको ज्यान लियो । 

तर, त्यस समयको अमेरिकी सर्जन जनरल लियोनार्ड बनीका अनुसार, भाइरसबाट लाखौँ संक्रमित भएपनि त्यस समय खोप बनिसकेको थिएन । अमेरिकी सेनाले हिलेमनीलाई उनको यस कामका लागि ‘विशिष्ट सेवा पदक’बाट सम्मान गर्यो । 

‘त्यो केवल एक समय थियो, जतिबेला एक खोपका साथ एउटा महामारीको सामना गनुपर्यो ।’ हिलेमनले भने । 

आफ्नै छोरीमा खोपको परीक्षणः
सन् १९६३ मार्चमा हिलेमनकी पाँच वर्षीया छोरी जेरी लिनले एक मध्य रातमा गला खसखस गर्ने र बङ्गारा सुन्निएको बताइन् । उनी गलगाँडको शिकार भएकी थिइन् । 

गलगाँड त्यति घातक नमानिए पनि यसले कहिलेकारी बहिरोपन र मस्तिष्क, पाँचन थैली र अण्डकोष सुन्निने कारण बन्नसक्छ । कहिलेकाही पुरुषमा बाँझोपनको निम्त्याउँन सक्छ । सन् १९६४ मा अमेरिकामा दुई लाख १० हजार गलगाडका रोगी भेटिएका थिए । 

हिलेमनले छोरीलाई आफ्नो प्रयोगशाला लगे र त्यहाँ उनको गलाको परिक्षण गरे । उनले यसलाई मानवलाई संक्रमित गर्न कम प्रभावकारी बनाउँन छोरीको नमूनाकासाथ भाइरसलाई बढाउन सुरु गरे । उनले कुखुराको ब्याच र ब्याचको कोषलाई संक्रमित गर्दै विस्तारै भाइरस कुखुरामा प्रभावकारी रुपले संक्रमित हुने र मान्छेमा संक्रमित कम प्रभावकारी बन्न सक्षम भयो ।

यसरी हिलेमनले एक कमजोर भाइरस बनाए, जसलाई जब मान्छेमा खोप मार्फत् दिइन्छ, तब यो एन्टिबडी बनाउँन पर्याप्त बलियो हुने, तर रोग निम्त्याउँन त्यति बलियो नहुने हुन्छ । 

सन् १९६६ जेरी लिनकी बहिनी आफ्नो बुबाको प्रायेगिक खोप प्राप्त गर्ने पहिलो व्यक्ति भइन् । ‘त्यस समय एक शिशुलाई आफ्नै दिदीबाट भाइरस सर्ने खतराबाट बचाउने प्रयास भइरहेको थियो । मलाई लाग्छ, चिकित्सा इतिहासमा यो अद्धितीय प्रयोग रह्यो,’ हिलेमनले ‘द भ्याक्सिन मेकर्स प्रोजेक्ट’सँगको एक अन्तरवार्तामा भने । सामान्यतया साना भाइ–बहिरीहरु आफ्ना दिदी–दाईबाट नै भाइरस संक्रमणको शिकार बन्छन्, प्रतिरक्षा प्रणालीका कारण होइन । 

जब जेरी लिन निको भइन्, उनका बुबा हिलेमनको गलगाँडको खोपले लाइसेन्स पायो । उनको छोरीको मुखबाट आएको भाइरसको कमजोर प्रजाति आज पनि विश्वभर प्रयोग हुने गलगाँड खोपको आधार हो । 

‘स्पटलाइट’ बाहिर रहेन भाइरोलोजिस्टः
जुन औषधी कम्पनी ‘मेर्क’मा हिलेमनले ४७ वर्षसम्म काम गरे, उनको सपलता यसको एक हिस्सा थियो । उनलाई आफ्नो शोधमा सिधा नियन्त्रण दिइयो र मेर्कको पर्याप्त वित्तिय संसाधनका साथ हिलेमन र उनको समूहले मानव तथा जनावरका लागि ४० वटा भन्दा बढी खोपको आविष्कार गरे । 

‘मर्कमा तपाईले के गर्न आवश्यक छ, यसबारेमा पैसा खर्च गर्न सकित्थ्यो । पैसा कुनै वस्तु थिएन । तपाई आफ्नो शोध गर्नसक्नु हुन्थ्यो,’ हिलेमनको जीवनी लेख्ने व्यक्तिलाई उनकी दोश्रो श्रीमतीले एक पटक भनेकी थिइन् । नीजि क्षेत्रमा काम गर्दा, जसलाई हिलेमनले व्यङ्ग्य गर्दै ‘फोहोरी उद्योग’ भनेका थिए, उनी प्रयोगशालादेखि बजारसम्म आफ्नो हस्ताक्षरण बर्बरताका साथ आफ्नो शोको मार्गदर्शन गर्नमा सक्षम थिए । 

यद्यपि, औषधी उद्योगहरुको आफ्नै असुविधाहरु थिए, कुनै समय हिलेमनलाई आफ्नो काममा सार्वजनिक मान्यता, वाहवाही प्राप्त गर्नबाट रोकिन्थ्यो । ‘यदि मेरो नाम पत्रपत्रिकामा देखियो, वा यदि मलाई टेलिभिजन क्यामेरा वा रेडियोको माइक्रोफोन अगाडी राखियो भने मानिसहरु मलाई केही बेचिरहेको सोचिरहेका छन् जस्तो मलाई लाग्थ्यो,’ हिलेमनले उनको हेपाटाइटिस बि खोप प्रभावकारी प्रमाणित भएपछि शोध पत्रमा उनको नाम उल्लेख नगरिएको बिषयमा बोल्दै भने । 

हिलेमन र उनको समूहले हाल बालबालिकाका लागि सिफारिस गरिएको १४ मध्ये ८ वटा खोपको विकास गरेः खटिरा, गलगाँड, हेपाटाइटिस ए, हेपाटाइटिस बि, दादुरा, मेनिनजाइटिस(मस्तिष्कको जाली सुन्निेन), निमोनिया र हाइमोफिलस इन्फ्लुएन्जा । डब्लुएचओको अनुसार, सन् २०००देखि २०१५ को बीचमा दादुरा जस्तो देखिने खटिराको खोपले विश्वभर २ करोडलाई मृत्युबाट बचाएको थियो । 

सन् १९९८ मा शोधकर्ता ए.जे. वाकफिल्डले एक लेख प्रकाशित गरे जसमा हिलेमनको गलगाँड, खटिरा र रुबेला खोप ‘अटिज्म’को कारण रहेको दावी गरेका थिए । यस शोधले एक खोप विरोधी आन्दोलनको जन्म दियो । तर विभिन्न स्वतन्त्र अध्ययनहरुले उक्त शोधलाई गलत प्रमाणित गरेका थिए । पछि हिलेमनको ८५ वर्षको उमेर निधन भएको ५ वर्षपछि सन् २०१० मा उक्त जर्नलले दावीलाई औपचारिक रुपमा फिर्ता लियो ।

हिलेमनको मृत्युको समयमा उक्त क्षेत्रका वैज्ञानिकहरुले २०औँ शताब्दीमा कुनै पनि अन्य वैज्ञानिकको तुलनामा उनले धेरैभन्दा धेरै मानिसको ज्यान बचाएको सम्भावनाको श्रेय दिए । ‘उनले जति पनि गरे त्यसको वैज्ञानिक गुणस्तर र संख्या अद्भूत थियो,’ सन् २००५ मा डाक्टर एन्थोनी फाउसीले न्यूयोर्क टाइम्ससँग भने, ‘कुनै पनि एक महान वैज्ञानिक करियर बनाउनका लागि उनको उपलब्धिहरुमध्ये एक उपलब्धि नै पर्याप्त हुन्छ ।’

(गिता सुब्बाकाे अनुवाद)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर