चौतर्फी दबाबपछि कर तिर्ने म्याद असार ७ गतेसम्म थपियो

काठमाडौँ । सरकारले व्यवसायी र नागरिकहरुको चौतर्फी दबाबपछि कर तिर्ने म्याद असार ७ गतेसम्म बढाएको छ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले उद्योगी व्यवसायीसँग छलफल गरेपछि सरकारले कर तिर्ने समय थपेको हो। लकडाउनको अवधिमै सरकारले जेठ २५ गतेभित्र आयकर, म्याटलगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले विरोध जनाएका थिए।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर