भोलीदेखि लकडाउन ताेड्ने व्यवसायीहरुको घोषणा

काठमाडौ । लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । 

सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अबस्थामा समेत व्यवसाय नखाेले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै भोलीदेखि लकडाउन तोड्ने निर्णय गरेको जनाएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् । 

बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर