• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

इंग्ल्यान्ड भ्रमण गर्ने वेष्ट इण्डिजका खेलाडीको घोषणा

फाइल तस्विर

एजेन्सी । वेष्ट इण्डिजका तीन खेलाडीले इंग्ल्यान्डविरुद्धको टेष्ट क्रिकेट नखेल्ने भएका छन् । कोरोना भाईरसको कारण तीन खेलाडीले इंग्ल्यान्ड भ्रमण नगर्ने भएका हुन् । वेष्ट इण्डिजका ब्याट्सम्यान शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले इंग्ल्यान्ड भ्रमण नगर्ने भएका हुन् ।

वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन खेलको टेष्ट सिरिज खेल्दैछ । दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।
यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।

इंग्ल्याण्डविरुद्ध २१ दिनमा ३ टेष्ट खेल्नका लागि वेष्टइन्डिजको टोली ८ जुनमा चार्टर्ड फ्लाइटबाट इंग्ल्याण्ड जाने कार्यक्रम छ । त्यसपछि टोली ओल्डट्राफर्ड क्वारेन्टिनमा बस्नेछन् ।

वेष्ट इण्डिज खेलाडी
जेसन होल्डर कप्तान जर्मेन ब्ल्याकवुड, एनक्रमाह बोनर, क्रेग ब्रेथवेट, शम्राह ब्रूक्स, जोन क्याम्पबेल, रोस्टन चेस, रहकीम कर्नवाल, शेन डोवरिच, चेमार होल्डर, शाई होप ९विकेटकिपर०, अल्जारी जोशेफ, केमर रोच र रेमोन रिफर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर