तेह्रथुममा पनि देखियो सङ्क्रमण

तेह्रथुम । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।

उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिए । कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी छ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ ।

अर्का सङ्क्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिनुभयो । सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ ।

 दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ । पहिलोपटक कोरोना भाइरस सङ्क्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए  ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर