अनमोल र सुहानाको धार्मिक मोह ! (भिडियोसहित)

काठमाडौं  । नेपाली फिलम जगतमा अनमोल र सुहाना थापाको जोडीलाई दर्शकले निकै रुचाएका छन ् । पछिल्लो समय यी जोडी अभिनित फिल्म ‘ए मेरो हजुर ४ सुटिङको तयारीमा थियो तर लकडाउनको कारण सुटिङ बीचैमा रोकियो । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण कारण नेपालका करिब २ महिना अघिदेखि लकडाउन जारी छ । जसको कारण अधिकांश व्यवसाय तथा फिल्म क्षेत्र बन्द छन् । कलाकारहहरु आफ्नै घरमा बसेरसामाजिक सञ्जाल र  समाज सेवा गरेर समय बिताइ रहेका छन् । 

।यसै क्रममा अनमोल केसीले सामाजिक सञ्जालमा भिडियो  सेयर गरेका छन् । उक्त पोस्ट जेठ २० गते तुलसीको बिउ राख्ने दिन अर्थात निर्जला एकादसीको दिनको हो । 

 भिडीयोमा उनी नायिका सुहाना थापासँग बारी खन्दै देखिन्छन् । भजन मण्डली सहित उनीहरु काममा ब्यस्त छन् । अनमोलले भिडियो सेयर गर्दै ,’खाना दिए आजको भोक मेटिने, उत्पादन गर्न सिकाए सधै भारी खान पुग्ने’ लेखेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर