• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सर्वोच्चले थप आठ किसिमको सुनुवाइ शुरु गर्यो

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दीका कारण रोकिएका आठ किसिमका सेवा बिहीबारदेखि सुचारु गरेको छ।

लकडाउन अवधिभर सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन, कोभिड–१९ सँग सम्बन्धित रिट, नेपाल सरकार निवेदन भएका दोहोर्‍याइपाउँ भन्ने निवेदन/पुनरावेदन, विपक्षी झिकाउ आदेश भइनसकेका निवेदन, साधक जाँचका मुद्दाहरु सुनुवाइ हुँदै आएको थियो।

गत चैत ९ गतेदेखि अदालतको सेवामा कटौती गरेको सर्वोच्च प्रशासनले बिहीबारदेखि थप निवेदनहरुमा सुनुवाइ सुरु गरेको हो। सर्वोच्चका उपरजिष्टार देवेन्द्र ढकालका अनुसार अब अदादलते थप आठ किसिमका सेवा थप गरेको छ। बन्दाबन्दीमा दर्ता हुन आएका रिट निवेदनको कारबाही सुनुवाइ गर्ने । त्यस्तै पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अबस्थाका यस अदालता दरपीठ भएका आदेशको कारबाही र सुनुवाइ गर्ने । मिलापत्र र मुद्दा फिर्ता सम्बन्धि कारबाही हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्चले लकडाउन सुरु भएपछि सुरुमा बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरस सम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ सुरु भएको थियो। केही समयपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनहरुमाथि सुनुवाइ सुरु गरेको थियो। यसलाई थप खुकुलो पार्दै सर्वोच्चले आठ प्रकारको मुद्दाहरुको सुनुवाई थालनी गर्ने निर्णय गरेको हो।

सर्वोच्चले कोरोना भाइरसको महामारीका परेको कानुनी बाधा पनि फुकाइसकेको छ। सर्वोच्चले लकडाउनको समयमा शून्य समय मान्ने निर्णय गरेको छ। लकडाउन खुलेको ३०दिनभित्र तारेख बुझ्न पाइने लगायतका व्याख्या गरिसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर