• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्वास्थ्य मन्त्रीले गरे महानिर्देशकसहित ६ जनाको सरुवा

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको सरुवा गरेका छन् । विभागका महानिर्देशक रहेका महेन्द्रप्रसाद श्रेष्ठ, विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई मन्त्रालय तानेका छन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट विभागका महानिर्देशक श्रेष्ठलाई रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा काजमा पठाइएको छ  । स्वास्थ्य मन्त्रालयका १२ औं तहका डाक्टर दीपेन्द्ररमण सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानिएको छ ।

श्रेष्ठको ठाँउमा डा. दीपेन्द्ररमण सिंह र डोटेलको ठाउँमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई पठाइने भएको छ।

यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा कोशी अस्पतालका निर्देशक डा. संगिता कौशललाई ल्याइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर