• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आइसोलेशनमा बसेका संक्रमित युवा भन्छन् : बाहिरबाट कुकुरलाई जसरी खाना फाल्दिन्छन्

‘पढाइको भोकले काठमाडौं जान परीक्षण गराए, संक्रमण छ, लक्षण छैन’

सुर्खेत । लकडाउन सुरु भएकै दिन सुर्खेतका एक युवा गाउँ पुगेका थिए । उनी घर पुग्नेबेलासम्म गाउँमा शहरबाट जानेको ठूलो भिड थिएन् । सुर्खेत भ्यालीबाट केही नजिक गाउँमा स्थायी घर भएका ती युवा अहिले कोरोना संक्रमित बनेका छन् । 

कर्णाली प्रदेश अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका उनी आफूलाई कोरोना संक्रमण छ भन्नेमा अझै विश्वस्त हुन सक्दैनन् । ११ चैतमा काठमाडौंबाट सुर्खेत पुगेका ती युवालाई १८ जेठमा कोरोना संक्रमण देखियो । तर, उनलाई कोरोनाको कुनै लक्षण छैन् ।

पढाइमा निकै अब्बल रहेका ती युवालाई पढाईको भोकले नै कोरोना परीक्षणको ल्याबमा पुर्यायो । लकडाउनको समयावधी थपिँदै गएपछि उनको पढाइ प्रभावित बन्न थाल्यो । त्रिभुवन विश्वविद्यालयमा विज्ञान तथा प्रविधि संकायमा अध्ययन गर्दै आएका उनले लकडाउनको समयमा अन्य इन्टरनेट माध्यमबाट पढाइ संचालनका लागि गाउँबाटै निकै प्रयास गरे । 

दैनिक मोबाइलबाट अनलाइन कक्षामा सहभागी हुनपर्ने भएपछि उनका समस्याहरु थपिँदै गए । एक त इन्टरनेटको सहज पहुँच नभएको र मोबाइलबाट मात्रै होमवर्क गर्नपर्ने भएपछि उनले आफ्नो समस्या वडा अधयक्षलाई सुनाए । ‘म सुर्खेत भ्याली पुग्नपर्ने भयो, अनलाइन क्लासका लागि नेटको समस्या भयो । यसको प्रबन्ध मिलाइदिन पर्यो ।’ वडाअध्यक्षलाई गरेको अनुरोध उदृत गर्दै उनले समाचार दैनिकसँग भने, ‘वडाअध्यक्षलाई भनेपछि पनि केही नभएपछि मैले केन्द्रीय सरकारको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसँग सम्पर्क गरेँ  ।’

महामारीको चपेटामा परेका उनलाई पढाइको भोकले काठमाडौं नै पुग्ने इच्छा जागेपछि उनले स्वास्थ्य राज्यमन्त्रीको सहयोग मागे । उनले बरु आफू लागेको खर्च सबै व्यहोर्ने तर पिसिआर परीक्षणको व्यवस्थापन मिलाउन अनुराध गरे । 

‘काठमाडौँ जानको लागि पिसिआर रिर्पोट चाहिने भएकोले मैले स्वास्थ्य राज्यमन्त्रीलाई आग्रह गरेर  यहि जेष्ठ १८ गते पिसिआर  चेक गराए । त्यो रिर्पोट नभएसम्म जान दिँदैन भन्ने सुनेको थिएँ त्यसको लागि म बरु आफैँ पैसा तिर्छु भनेर आग्रह गर्दा मन्त्री ज्यूले पैसा पर्दैन म भनिदिन्छु भनेर मैले आफुनो पिसिआर जेष्ठ ११ गते चेक गराएँ ।’

उनको रिपोर्ट १९ गते दिउँसो आयो । रिपोर्ट आउँदा उनीआफैं छक्क परे । न कुनै लक्षण, न कुनै अपरिचित व्यक्तिसँगको सम्पर्क । एक्कासी रिपोर्ट पाजेटिभ देख्दा उनी दंग परे, तर डराएनन् । 

उनी भन्छन्, ‘१९ गते पिसिआरको रिर्पोट आउदा म आफै अचम्ममा परेँ मैले अहिले सम्म भारत बाट आएका व्याक्तिलाई भेटेको छैन, भ्यालिमा पनि धेरै आएको छैन । गाउँमा नै बसेको छु बाहिर हिड्दा मास्क र सेनिटाईजर लगाएकै छु, कसरी मेरो रिर्पोट कोरोना पोजेटिभ आयो ? म आफैँलाई विश्वास लागेको छैन, अहिलेसम्म कुनै पनि कोरोनाको लक्षण पनि देखिएको छैन ।’

विगत २० दिनदेखि सुर्खेत भ्यालीमा रहेका उनी आफू घर पुगेदेखिको समयदेखि नै प्रायजसोः घरमै बसिरहेको र कुनै मान्छेसँगको सम्पर्कमा नरहेको बताउँछन् । 

आफ्नै समस्याले डोर्याएर पिसिआर परीक्षणका लागि ल्यावसम्म पुगेका उनी परीक्षणको सकारात्मक रिपोर्ट बोकेर काठमाडौं जान तत्पर थिए तर, पाएनन् । 

उनी बस्ने घरको घरबेटीले पनि काठमाडौं नआउन नै सुझाव दिएको हामीलाई सुनाए । आफ्नो पढाईको बारेमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुपनि जानकार भएको भन्दै उनले आफ्नो अनलाइन कक्षा महत्वपूर्ण भएको बताएका थिए । 

............................

‘बाध्यताले गरिएको परीक्षणलाई मजाक बनाइयो’
आफ्नो पढाईका लागि काठमाडौं जानपर्ने भन्दै उनले गराएको परीक्षणलाई उनकै साथिहरुले मजाक बनाएको उनले हामीलाई सुनाए । उनले भने, ‘मैले बाध्यताले पिसिआर चेक गराएको थिएँ मेरो कुनै पनि रहर पनि थिएन । मेरो पढाई छुट्ने भएकोले मैले बाध्यताले त्यो चेक गराएको थिएँ । अरु साथिहरुले मलाई मजाक गरिहेका छन्, मन्त्रीको नजिक भएर होला पावरमा चेक गरायो भनिरहेका छन् ।’

कोरोना भाइरस कुनै सामान्य रोगमात्र नभएको भन्दै उनले सुरक्षित हुनका लागि हरदम प्रयास गरिरहेको बताए । उनले भने, ‘बाहिर कसै सँग बसेको पनि छैन मलाई कोरोना कसरी लाग्यो ? मलाई कोरोना लागेकोमा कुनै पनि विश्वास लागेको छनै ।’

............................

‘मलाई संक्रमण भएको भए वीरेन्द्रनगरका आधा जनसंख्यालाई पनि लागिसक्यो’

कोरोना संक्रमित भएर बसेका उक्त युवाले संक्रमण देखिएकै भर नअत्तिन सबैलाई अनुरोध गरेका छन् । साथै, उनले परीक्षणको दायरा बढाएर यसको उपचारतर्फ सोच्नपर्ने बताए ।

‘म कसैसँग नजिक नभएको मानिसलाई यसरी पोजेटिभ देखियो भने यो भित्र समाजमा पनि पसिसकेको छ । यदि मलाई रियल रुपमा पोजेटिभ हो भने विरेन्द्रनगरमा आधा मानिसहरुलाई लागिसकेको छ र चेक गर्नु जरुरी छ ।’ उनले अघि भने,‘ म सजक हुँदाहुँदै मलाई लाग्यो भने वीरेन्द्रनगरका अन्य मानिसहरुलाई छैन भन्ने प्रमाण के ? मैले त काठमाडौं जानको लागि मात्रै गरेको नत्र मलाई कुनै पनि शंकास्पद लक्षण थिए र अहिलेसम्म पनि देखिएको छैन् ।’

उनी अहिले आइसोलेशनमा कुनै समस्या नभएको सुनाउँछन् । बिहानैदेखि दौडने, व्यायाम गर्ने लयागतका काममा नै उनको दैनिकि बितिरहेको छ । यसअघि कोरोना संक्रमण छ भन्दा आफूलाई कुनै डर नलागेको बरु आइसोलेशनमा रहेका मानिसहरुबाट रोग सर्छ भन्ने अर्को चिन्ता र डर लागेको उनले बताए । 

............................

‘आइसोलेशनमा कुकुरलाई दिएजसरी खाना दिन्छन’
आइसोलेशनमा हुनपर्ने व्यवस्था केहीपनि नभएको भन्दै उनले गुनासो गरे । उनले भने, ‘आइसोलोनको व्यावस्था राम्रो छैन भित्र एउटा डस्ना ल्याएर भँुईमा ल्याएर फाल्दिएको छ । म आएको दिनमा त ओड्ने पनि थिएन साँझ तिर किराले सुत्न पनि नसकिने अबस्था छ । बाहिर भन्छन् सबै व्यवस्था भैसकेको भन्छन् ।  म के भनुँ ?’

किराका कारण केही दिनदेखि सुत्न नपाएको उनले बताए । साथै, खाना बाहीरबाट कुकुरलाई दिने तरिकाभन्दा पनि तल्लो स्तरबाट खाना दिने गरेको बताए । ‘खाना बाहिर बाट ल्याएर भित्र कुकुरलाई दिने तरिका भन्दा तल्लो स्तरबाट हामीलाई खाना दिने गरेका छन् खानको लागि लाज लाग्छ,’ उनले भने ।

खाना त्यसरी फाल्दा मनमा नरमाइलो हुने भन्दै उनले सिस्टमा सबैकुरा नचल आइसोलेशनमा निकै समस्या रहेको बताए  । ‘म मिडियामा आउने थिईँन तर आम मानिसहरुले यो रोग केही होइन भन्ने बुझोस् भन्नको लागि आएको हुँ । अहिलेसम्म मलाई रुघा, खोकी लागेको पनि थिएन मेरो जीवनमा नै मलाई यस्तो विराम लागेको छैन । म बच्चाबाट थाहा पाउने भएदेखि मैले कुनै पनि मेडिसन प्रयोग गरेको छैन,’ उनले भने । 

उपचारमा खटिएका चिकित्सकहरुले पनि कुनै सोधखोज आफूलाई नगरेको उनले बताए । उनले भने, ‘यहाँ उपचारमा खटिएका डाक्टरहरुले कुनै पनि खोजी गर्दैनन् । के भयो कस्तो भयो जरो आएको छ की रुघा खोकि लागेको छ की ? केहि पनि सोध्दैनन् ।’

............................

‘कोरोना केही रहेनछ !’

विश्वलाई आतंकित बनाइरहेको उक्त भाइरस आफूलाई कुनै लक्षण नदेखिएको र कुनै असहज परिस्थिति नाआएकोले केही नभएको बताउँछन उनी । 

कोरोना संक्रमितको नाताले आम नागरिकलाई के भननुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘म आम नागरिकहरुलाई के भन्छु भने कोरोना भएका र नभएका नागरिकहरुलाई मलाई यहि कण्डिसनमा कोरोना भएको हो र लागेको हो भने कोरोना भनेको केही पनि रैनछ । यो थाहा पनि हुदैन केहि पनि हुदैन यसको सिन्टम पनि देखिदैन केहि पनि देखिदैन यसबाट आत्तिने कुरै छैन ।’ 

‘मेरो बुवा सँग पनि हुन सक्छ आमा सँग पनि हुन सक्छ यो कुरामा सचेत हुन जरुरी छ । यो कुरा बुझ्ने हो भने यसरी देखियो की कुनै लक्ष्यण विना पनि देखिदो रहेछ मलाई लागेको सहि हो  भने आत्तिन जरुरी छैन ।’ उनले भने,‘भने सबैबाट सचेत हुन जरुरी छ । गाउँमा पनि धेरै मानिसहरुलाई भएको छ । मैले यो भन्दा अगाडि यति सावधानि अपनाएको हुदा त देखियो भने अन्यलाई छैन भन्ने ग्यारेण्डि छैन न आत्तिनु होला । केही पनि हुँदैन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर