मापदण्ड अनुसार क्वारेन्टिन नबनाएको भन्दै प्रदेश ५ सरकार विरुद्ध मुद्दा दर्ता

काठमाडौं । प्रदेश ५ सरकारविरुद्ध मापदण्ड अनुसार क्वारेन्टिन नबनाएको भन्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर भएको छ । 

कपिलवस्तु मायादेवी गाउँपालिका ५ का सुनिलकुमार चौहान र कृष्णनगर नगरपालिका ६ का अरुणेशकुमार उपाध्यायले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर ५ बुटवल सहित ९ स्थानीय तहलाइ विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।

रिटमा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्‍वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरेको रिट निवेदकको दावी छ । त्यसैगरी क्‍वारेन्टिन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले मुद्दाको सुनुवाइका लागि जेठ २३ का लागि पेसी तोकेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर