• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अप्रिलमा अमेरिकाको व्यापारमा ४९.५ अर्ब डलरको घाटा

वासिङ्टन । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । 

कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ ।

अमेरिकी बाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो ।

सन् २०२० मा (हालसम्म) अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको बाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । एएफपी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर