• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अमेरिकामा एकै दिन १ हजार बढीको मृत्यु, २२ हजार बढी नयाँ संक्रमित

काठमाडौं  ।   कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख १० हजार १७३ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३१ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार १०४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख २३ हजार ८८७ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ लाख ७ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ६ हजार ३१५ जनामध्ये १६ हजार ९२५ जनाको अवस्था गम्भीर रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर