• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जैविक विविधताको संरक्षणका लागि ध्यान पुर्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पु¥याउन सबै निकायसँग आग्रह गरेका छन् ।

 विश्व वातातरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले  यस दिनले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पु¥याउने सबै व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

 प्रधानमन्त्री ओलीले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनबीच वातावरणमैत्री विधि अपनाउनुपर्नेमा जोड दिँदै प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको सन्देशमा उल्लेख छ । यसबाट सिर्जित दुष्परिणामस्वरुप पृथ्वीको वातावरण खल्बलिन पुगेको र अहिले विश्वभर कोभिड–१९ जस्तो महामारीले जनस्वास्थ्य र आर्थिक जीवनलाई असर पु¥याएको उनले उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर