• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संसदमा आजबाट बजेटको विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची

काठमाडौ । प्रतिनिधिसभा बैठकमा आजबाट  विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हँुदैछ । बैठकमा शुक्रबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय,खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, र युवा तथा खेलकूद मन्त्रालयमाथि बिनियोजित बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठकमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । 

यस्तो छ कार्यसूची
शिक्षा तथा स्वास्थ्य समितिका मा० सभापति श्री जयपुरी घर्तीले “शिक्षा तथा स्वास्थ्य समितिको
वार्षिक प्रतिवेदन, २०७७” पेश गर्नुहुने ।

विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ

विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्र्तगत निम्नलिखित
मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।
(क) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,
(ख) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,
(ग) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय,
(घ) सहरी विकास मन्त्रालय,
(ङ) खानेपानी मन्त्रालय,
(च) भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, र
(छ) युवा तथा खेलकूद मन्त्रालय ।

 मा० श्री दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७७ अन्र्तगत कानून, न्याय तथा संसदीय मामिला
मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात
मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी
निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ
घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।


मा० श्री पुष्पा भुसाल (गौतम)ले “विनियोजन विधेयक, २०७७ अन्र्तगत कानुन, न्याय तथा संसदीय
मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको
प्रस्ताव प्रस्तुत गर्नुहुने ।


मा० श्री प्रेम सुवालले “विनियोजन विधेयक, २०७७ अन्र्तगत कानून, न्याय तथा संसदीय मामिला
मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात
मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी
निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम
घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने । 


मा० श्री उमा रेग्मी)ले “विनियोजन विधेयक, २०७७ अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ
नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव
प्रस्तुत गर्नुहुने ।


मा० श्री सञ्जय कुमार गौतमले “विनियोजन विधेयक, २०७७ अन्र्तगत भौतिक पुर्वाधार तथा
यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च
कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।


मा० श्री उमाकान्त चौधरीले “विनियोजन विधेयक, २०७७ अन्र्तगत शहरी विकास मन्त्रालय
शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत
गर्नुहुने ।


 मा० श्री लक्ष्मी परियारले “विनियोजन विधेयक, २०७७ अन्र्तगत भूमि व्यवस्था, सहकारी तथा
गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको
प्रस्ताव प्रस्तुत गर्नुहुने ।


 मा० श्री सुजाता परियारले “विनियोजन विधेयक, २०७७ अन्र्तगत खानेपानी मन्त्रालय शीर्षकको
खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।
ज्ञज्ञ। मा० श्री रंगमती शाहीले “विनियोजन विधेयक, २०७७ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय
शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर