• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रिमियर लिग फुटबलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने

कोरोना भाईरसको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल सुचारुपछि पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ । प्रिमियर लिगको  बैठकले लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुन मैदान फर्कदा कठिन हुने भएको कारण प्रिमियर लिगले खेलाडी परिवर्तनको संख्यालाई बढाउने निर्णय गरेको हो ।
यस्तै लिग सुचारु पछि ७ देखि ९ खेलाडी बेन्चमा राख्न पाईनेछ ।

प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।  यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दुई जितले च्याम्पियन बन्ने छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर