• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

तनहुँका दुई जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ५६ पुग्यो

कास्की। गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो । ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी शुक्रबार बिहान बिज्ञप्ती जारी गरि जानकारी दिएका छन् ।

थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको छ। उनीहरुलाई तनहुँ कै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर