• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख ९२ हजार नाघ्यो, ३२ लाख ४४ हजार बढी निको भए

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमितको  ६६ लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वभर ६६ लाख ९२ हजार ७३३ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९९० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ ।

३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६१ जनाको अवस्था गम्भीर छ भने ३२ लाख ४४ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर