• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु

सुर्खेत । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण  थप एकजनाको मृत्यु भएको छ ।

 बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको हो । यो संगैं नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ , १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो ।

भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो । यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते घर पठाइएको थियो । 

तर बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर