• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 06:26 am

चिनियाँ कम्पनी हुवावेले बेलायतमा थाल्यो तीव्र प्रचार

लन्डन । बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ । 

अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ । 

हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तिब्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ । 

हुवावेको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ । 

यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् । एपी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतपछि अमेरिकाले चिनियाँ एप टिक टिक बन्द गर्ने तयारीमा

  • २३ असार, २०७७

एजेन्सी । भारत र हङकङकमा टिकटक ब्यान्ड भएसँगै अहिले अमेरिकामा पनि यसबारे चर्चा सुरु भएको छ।  अस्ट्रेलियामा पनि चिनियाँ एपहरू बन्द गर्ने माग

इजरायले लञ्च गर्यो नयाँ जासूसी उपग्रह, इरानको परमाणु गतिविधिको निगरानी गर्ने

  • २२ असार, २०७७

एजेन्सी । इजरायलले एक नयाँ जासुसी उपग्रह लञ्च गरेको छ, जसले आफ्नो सैन्य गोप्य जानकारीका लागि उच्च–गुणस्तरको निगरानी प्रदान गर्ने बताइएको छ

भारतमा १५ अगस्टसम्ममा कोरोना खोप बन्ने

  • २० असार, २०७७

एजेन्सी । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप