करिश्माले सुरु गरिन् टिकटक यात्रा

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै लकडाउन जा।ी भएपछि अधिकांश मानिस फुर्सदमा थिए । यो समयमा मानिसहरु विशेष गरी सामाजिक सञ्जालमै व्यस्त  देखिन्थे । 

धेरै फुर्सदिलो भएपछि अभिनेत्री करिश्मा मानन्धर समेत टिकटकमा जोडिएकी छन् । उनले शनिबारमात्र टिकटकमा एकाउन्ट बनाएर साथीहरुसँग नाँचेको भिडियो पोष्ट गरेकी छन् । 

उनले आफु अभिनीत पुराना फिल्मका गीत तथा क्लिप्समा टिकटक बनाउन थालेकी हुन् । दुइ दिनमा उनलाई ८ सय बढीले फलो गरेका छन् भने उनको एक मात्र भिडियोमा ३५ सय बढी लाइक आएको छ भने २४ हजार बढीले भिडियो हेरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर