निषेधित क्षेत्रमा बेच्न ल्याइएका घरेलु मदिरा बरामद गरी नष्ट

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले लकडाउनको समयमा निषेधित क्षेत्रमा लुकिछिपी विक्रिका लागि ल्याएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । तानसेन नगरपालिकास्थित वडा नम्बर १ मा घरेलु मदिरा निषेधित क्षेत्र घोषणा गरिएको भएपनि लकडाउनको मौका छोपी रातारात विक्रिका लागि ल्याएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको अस्थाथी प्रहरी चौकी भुषलडाँडाका प्रमुख यज्ञराज शाहीले जानकारी दिए । 

जिल्लाको बगनासकाली गाउँपालिका ४ खानीछापदेखि बिहान ४ बजेको समयमा लुकिछिपी भित्रिबाटो हुँदै विक्रिका लागि ल्याएको ८० लिटरबढी घरेलु मदिरालाई स्थानीय, जनप्रतिनिधी र प्रहरीको संयुक्त पहलमा नष्ट गरिएको प्रमुख शाहीले बताए । 

जिल्लाको शान्ती र सुरक्षालाई मध्यनजर गर्दै मदिरा निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा समेत रातारात मदिरा बिक्रि गर्ने व्यापारीलाई भने आगामी दिनमा गल्ती नदोहोराउने गरि छुटाईएको वडा सदस्य शिव थावपाले बताए । मगर समुदायको बहाल्यता रहेका ग्रामीण भेगका महिलाहरु भने मदिरा उत्पादन र विक्रिबाटै दैनिकी चलाउदै आएको बतएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर