• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आगामी वर्ष १५ सय युवालाई रोजगारी, ५ सय युवालाई सिपमूलक तालिम : अध्यक्ष तामाङ

‘इन्द्रावती गाउँपालिकामा विदेशबाट आउनेको सुरक्षा गरेका छौं’

काठमाडौं । विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ (कोरोना भाइरस) विरुद्ध यतिबेला नेपाल पनि प्रभावित छ ।

लकडाउन केही खुकुलो बनेसँगै विभिन्न व्यवसाय तथा कार्यालय खुल्न थालेका छन् । संघदेखि प्रदेश र स्थानिय तहमा आगामी वर्षका लागि बजेट पनि प्रस्तुत भइसकेको छ । 

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिकाले आगामी वर्षका चुनौतीसँगै समाधानका उपायहरुको लागि बेलैदेखि सोच्न थालेको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङ कोरोना महामारीको संकटबाट बँच्न र बचाउनका लागि गाउँपालिका निरन्तर लागिरहेको बताउँछन् । 

कोरोना कहरसँग लड्नका लागि अपनाइएका तयारी, अहिले भइरहेका काम, अबका चुनौतीहरु र समाधान, वर्तमान सरकारका काम लगायतका विषयमा समाचार दैनिककर्मी रुपक चौलागाईंले गाउँपालिका महासंघका महासचिव समेत रहेका अध्यक्ष तामाङसँग कुराकानी गरेका छन् । 

कुराकानीको सम्पादित अंश :

कोभिड १९ को भयावह अवस्था सिर्जना भएपछि, तपाई जनप्रतिनिधि र गाउँपालिका महासंघको महासचिव समेत रहनुभएको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सुरुमा कस्तो प्रकारका योजना अघि सार्नुभयो ? 
लकडाउन भइसकेपछि हामीकहाँ दुईवटा जिम्मेवारी थियो । एउटा त, गाउँपालिकावासीलाई कोरोना भनेको के हो ? कोरोना कसरी सर्छ ? र यसबाट कसरी बभ्न सकिन्छ भनेर, एक प्रकारको सचेतना जगाउने काम गर्नु थियो । सचेतना जगाउने काममा हामीले आफूले पनि त्यो प्रयास सुरु गर्यौं । र महासंघले सातै वटा प्रदेशको प्रदेश कार्यसमितिको अनलाइनबाट मिटिङ गरेर सबै प्रदेशका साथिहरुलाई तयारी गर्नका निम्ति भन्यौं । त्यसपछि आफ्नो तयारीको कुरा आयो । जसमा हामीले सचेतनासँगै मास्क वितरण गर्ने काम गर्यौं । कमसेकम मास्क लगायो भने यो रोग सर्दैन भन्ने त्यतिबेलाको स्वास्थ्य मापदण्ड नीति थियो । 

त्यसैलाई आधार बनाएर हामील ती कामहरु गर्यौं । त्यसपछि विदेशबाट आउनेहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने थियो । उनीहरुलाई ट्रेसिङ गर्ने र क्वारेन्टाइनमा राख्नपर्ने विषय थियो । 

त्यसपछि दोस्रो चरणमा हामीले मास्क र सेनिटाइजर बाँड्ने, स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने, पीपीई सेट, थर्मल गन लगायतका अत्यावश्यक स्वास्थ्यसामाग्रीको आपूर्ती व्यवस्थापन गरेर स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्ने काम गर्यौं । 

त्यसपछि तेस्रो चरणमा हामीले लकडाउनको कारणले रोजगारी गुमेका श्रमिकहरुको पहिचान गरेर राहत वितरण गर्ने काम गरियो । कोहिपनि भोको नपरुन भन्ने हाम्रो उद्देश्य अनुसार राहत वितरण गर्ने काम गर्यौं । 

त्यस्तै, तेस्रो चरणकै क्रममा हामीले युवा परिचालन पनि गर्यौं । राजनीतिक दल, जनप्रतिनिधि, वुद्धिजिवि लगायत सबैको सहयोगको अपेक्षा गरेर हामी अघि बढ्यौं । यसबीचमा हामीले सबै दलहरुको बैठक पनि बस्यौं । सर्वदलीय रुपमै गाउँपालिका अध्यक्षको संयोजगत्वमा गाउँपालिका कोरोना व्यवस्थापन समिति र वडाहरुमा कोरोना व्यवस्थापन समिति रहनेगरी स्वयंसेवक परिचालन गरेर नाकाहरुमा कडाई गर्ने काम भयो । 

यसरी तीन चरणमा बाँडेर हामीले कामहरु संचालन गर्यौं ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संखया बढेसँगै स्थानिय तहहरुलाई व्यवस्थापनमा कठिनाई हुन थालेको सुनिन थालेको छ । के सरकार स्थानिय तहले अपेक्षा गरे अनुरुपको सहयोग गर्न असक्षम भएको हो ? 
मैले यो विषय भनिरहँदा मानिसहरुले पूर्वाग्रही भयो भनेर टिप्पणी पनि गलान् । तर, यथार्थ कुरा के हो भने कोरोना भाइरस डिसेम्बर ३१ मा चीनको वुहान शहरबाट सुरु भयो । चीनमा सुरु भएको ३ महिनापछि नेपालमा लकडाउन भयो । यो ३ महिनाको अवधिमा नेपाल सरकारले आफूलाई तयारी गर्ने प्रशस्त अवसरहरु थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएका थिएनन्, चीनबाट एक/डेढ सय मानिसको उद्दार गरेर क्वारेन्टाइनमा राखेको अवस्था पनि थियो । यो कोरोना संक्रमण नेपालमा पनि हुन्छ भन्ने आभास चाँही सरकारलाई हुनपथ्र्यो । कति आरडिटि किट आवश्यक पर्छ, भिटीएम कति आवश्यक पर्छ, र पिसिआर मेसिन कति चाहिन्छ भन्ने तयारी गर्नसक्नु पर्थ्यो ।

तर, दुर्भाग्य के भइदियो भने लकडाउन भइसकेपछि पनि कन्ट्रयाक्ट ट्रेसिङबाट फेला भएको र त्यसको स्वाब संकलन भइसकेपछि परीक्षण किट हामीसँग थिए । हङकङ पुर्याएर परीक्षण गर्नपर्यो । यो ३ महिनाको तयारी गर्ने समयमा तयारी गर्न सकेन । जतिबेला संक्रमण देखा पर्यो, अनि बल्ल सरकारले किट र मेसिन खोज्न थाल्यो । 

सरकारको तयारी कमजोर हुँदा स्थानिय तहका जनप्रतिनिधिहरुलाई काम गर्न असहज भएको भन्न खोज्नुभएको हो ?
एकदमै हो । पूर्व तयारी थिएन । अनि संक्रमण कति हुनसक्छ भन्ने पनि तयारी गर्न सकेन । विश्व स्वास्थ्य संगठनले वार्निङ गरेको गरैको अवस्था थियो ।  

जसरी चाइनमा बढेको अवस्था थियो । त्यसपछि युरोपमा सर्यो । युरोपयन मुलुकहरुले पनि यसको तयारी तथा रोकथामको सन्दर्भमा सुरुमा हेलचक्र्याँई गर्यो । त्यो क्षति नेपालले टुलुटुलु हेरिरहेको अवस्था थियो । त्यो हेरेर पनि प्रशस्तै तयारी गर्नसक्ने अवस्था थियो । त्यो तयारी गर्न सकेन ।

त्यसपछि सरकारले केन्द्रीय तहमा समिति बनाउने अनि उसले निर्देशन जारी गर्नै भयो । यो भनदा बढी केही गरेको छैन् । अनि प्रदेश कमिटिले १०/१० लाख दिएर जे जे गर्छौं । तिमिहरु गर भन्दिनेँ । यो सबै बोझचाँही स्थानिय तहलाई पर्न गएको हो । 

कोभिड १९ को महामारी चलिरहँदा यहाँको गाउँपालिकामा क्वारेन्टाइनको अवस्था के कस्तो छ ?
क्वारेन्टाइनको बारेमा सुरुमा केहीले चाँही स्वास्थ्य संगठनले दिएको मापदण्ड पूरा गर्नपर्छ भनिएको थियो । त्यो मापदण्ड पालना गर्नका लागि सुरुका दिनमा अत्यन्तै कठिन थियो । यो परिस्थितिलाई मिल्ने प्रकारको गाउँघरमा वातावरण थिएन् । केहीले चाँही यसो विद्यालय वा कुनै केन्द्र नजिक बनाइएको भनेर पनि बुझे । तर, वास्तवमा त्यस्तो थिएन् । 

मानिसलाई तीन घण्टा बन्द कोठामा बस्यो भने छटपटिन थाल्छ । क्वारेन्टाइनमा बन्द गरेर २०/२२ दिन राख्नु भनेको झनै समस्याको विषय थियो । एकातिर संक्रमणको त्रास र अर्कातिर क्वारेन्टाइनको राम्रो व्यवस्थ नहुँदा झनै मनोवैज्ञानिक रुपमा समस्या पर्ने देखियो । हामीले इन्द्रावति गाउँपालिकामा धेरै क्वारेन्टाइन बनाएनौं । 

ऐंसुलुर्खको विद्यालयमा एउटा र भिमटारको विद्यालयमा एउटा बनायौं । १०/१० बेडको । त्यतिबेला काठमाडौंबाट आएकालाई राख्न नपर्ने थियो । विदेशबाट आएकालाई राख्न पर्ने थियो ।  त्यसपछि जिल्ला समन्वय समितिको बैठक भयो । बैठकमा पछि समुदायस्तरमा बढ्न सक्ने संक्रमण र विदेशबाट आएका मानिसहरुको डाटामा रहेर क्षत्रीय क्वारेन्टाइनका लागि पहल गर्यौं ।

मेलम्ची क्षेत्र आसपासका पालिकालाई मेलम्चीमा एउटा केन्द्र मान्यौं, चौतारातर्फ अर्को एउटा र पूर्वभेगमा अर्को बनाउनेगरी निर्णय भयो । हाम्रो भेगको २ सय बेडसम्मको अस्पताल बनाउने र आइसोलेशनसहितको व्यवस्थामा लाग्यौं । 

यसो हुँदा एउटा कुरामा समस्या आयो पछि चाँही । अब भारतबाट श्रम गर्न गएका र अहिले फर्किएका युवाहरुलाई क्षत्रीय क्वारेन्टाइनले धान्न नसक्ने अवस्था आयोे । क्षेत्रीय क्वारेन्टाइनले धान्न नसक्ने अवस्था आएपछि आ–आफ्नो स्थानिय तहले विदेशबाट आउनेको व्यवस्थापन गर्ने भन्ने निर्णय भएको छ ।
हामीले पहिलो प्राथमिकता क्षेत्रीय क्वारेन्टाइन र सोही अुनसरा वडाध्यक्षहरुलाई मैले आ आफ्नो वडाको जिम्मा लिएर काम गर्न भनेको छु । हामीले अहिले एकैपटक १ सय २० जनासम्म बाहीरबाट आएका मानिसहरुलाई राख्नसक्ने अवस्थामा छौं । 

अहिले क्वारेन्टाइनमा कति हुनुहुन्छ गाउँपालिकामा ? 
इन्द्रावतीमा १७ जना छन् । त्यसमध्ये २ जनामा पोजेटिभ देखिएको छ । दुईजनामध्ये एकजना शुक्रराज ट्रपिकल हस्पिटलमा उपचारमा छ भने अर्कोचाँही यहीँ पालिकाको आइसोलेशनमा छन् । अहिले आउने क्रम जारी छ । 

अहिले सरकारले विदेशबाट उद्दार गरिरहेको नागरिहरुको बारेमा तपाँईहरुको तयारी के छ ? 
हाम्रो जिल्लामा अहिलेसम्म मैले पाएको सूचनामा सिन्धुपाल्चोकको ३४ जना रहेका छन् । हाम्रो पालिकाका १ ÷२ जना हुनुहुन्छ होला । हामीलाई विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा सुरक्षित राख्नका लागि अहिले कुनै समस्या छैन् । 

स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरुको अवस्था के छ ? 
हाम्रो गाउँपालिकाले १२ वटा स्वास्थ्यचौकीहरुलाई आवश्यक औषधिहरु तयारी अवस्थामा छ । लकडाउनको अवस्थामा सबैभन्दा बढी समस्या दीर्घरोगीहरु भए । त्यसका लागि गाउँपालिकाले तथ्याकं संकलन गर्यौं । 

यो गाउँपालिकामा २२१ प्रकारका औषधी प्रयोग गर्ने, त्यसमा पनि हामीले सबै औषधी किन्न नसक्ने प्रकारको रहेछ । दीर्ग रोघीहरुको औषधि अलि संवेदनशील हुने भएकाले हामीले १०३ प्रकारको ओषधि खरिद गरेर राखेका छौं । साथै, चाहिने थर्मल गन, पीपीई, पञ्जा, मास्क लगायतका सामाग्री तयारी अवस्थामा राखेका छौं । सिन्धुपाल्चोकमा पहिलोपटक थर्मल गन ल्याएर प्रयोग गर्यौं । 

कोभिड १९ को महामारीपछि निकै ठूलो अर्थतन्त्रमा असर पर्ने प्रक्षेपण हुन थालेका छन् । रोजगारीको विषय समस्याको केन्द्र हुने भनिन्छ । यहाँले कस्तो तयारी गर्नुभएको छ ?
अहिलेको अवस्था चालु आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुवातको समय हो । अहिले नेपालको अर्थतन्त्रमाथि अर्थविदहरुले भनिरहेका अनुसार, नेपालको वृद्धिद्धिर १.६ प्रतिशतसम्म झर्नसक्ने भन्ने कुरा भएका छन् । 

त्यसलाई मध्यनजर राख्दै संघीय सरकारले रोजगारी सिर्जना गर्ने र लगाउने जिम्म स्थानिय तहलाई दिनपर्ने हुन्छ । किनभने, ग्राउन्ड भनेको स्थानिय तह हो । त्यसकारण सिंहदरबारले हेर्ने बेरोजगारको समस्यालाई हेर्ने सोचभन्दा स्थानियत तहबाट हेर्दा धेरै प्रभावकारी हुने म बुझ्छु । हामीले चाहेकोजस्तो बजेट अहिलेपनि संघीय सरकारले प्रस्तुत गर्न सकेन् । यो अवस्थाको बीचमा पनि विदेशबाट फर्किएदेखि लिएर यहाँ रोजगारी गुमाएका सम्मकाको बारेमा सोच्नपर्ने छ । त्यसकारण हामीले के सोच्दैछौं भने, 
१) अहिले जुन रोजगार केन्द्र छ । त्यसले १२ वटै वडाका डाटा लिएको छ । जसको तीन महिनाभन्दा बढी खान पुग्दैन् । कसको ६ महिना कसको १ वर्ष हेरे मिलाएका छौं । जसको ३ महिनाभन्दा बढी खान नपुग्ने अवस्था छ, त्यस्तो परिवारलाई रोजगार केन्द्रमार्फत विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गर्ने, अनि विकास निर्माणका कामहरुमा पनि सहभागी गराउने ।

२) को मान्छेको के सीप छ । विदेशबाट आएकाहरुको पनि केही सिप छ । उनीहरुलाई व्यवसायीक रुपमा केही अगाडी बढाउन सकिन्छ । 

यसरी कतिलाई रोजगारी दिनुहुन्छ ?
हामी यो वर्ष १५ सय मानिसलाई रोजगारी दिन्छौं । र ५ सय युवालाई व्यवसायीक तालिमको लक्ष्य राखेका छौं । व्यवसायीक रुपमा केही गर्न खोजेको तर आर्थिक अभाव भएकाहरुकोपहिचान गरि अनुदानको व्यवस्था गर्ने कार्यक्रम अघि बढाउने सोचेका छौं । 

अहिलेपनि देशभरीको समस्या नै स्वास्थ्य सामाग्री नपाएर काम गर्न गाह्रो भएको भन्ने हुँदा यहाँको पालिकामा यो समस्या छैन ?
छैन् । हामी क्वारेन्टाइन, स्वास्थ्य सामाग्री र चिकित्सकहरुको सुरक्षासहितको व्यवस्थापन गरेका छौं । 

गाउँपालिका महासंघको महासचिव र  जनप्रतिनिधिको नाताले कोभिड १९ को महामारीमा सम्पूर्ण सर्वसाधरणलाई के भन्नुहुन्छ ? 
कोभिड १९ सर्ने कारण भनेको मुख, आँखा र नाक भनिएको छ । यो तीनवटा महत्वपूर्ण अंगलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड अनुसारले हात धोएर मात्र खानेकुरा खानेकुरामा ध्यान दिइयोस् । विशेषतः सामाजीक दूरी घटाउने तर्फ सबैको ध्यान दिन अनुरोध गर्दछु । संक्रमित भइ हालियो भनेप ियसबाटै मरिन्छ भन्नेतर्फ आत्मबल नबढाउन समेत अनुरोध गर्दछु । दैनिक जीवनका बनाएका नियमहरुमा ध्यान दिने, विकास निर्माणका कामहरु अघि बढाउने जसमा सुरक्षा अपनाउने लगायतका कामहरुमा ध्यान दिन सबैलाई अुनरोध गर्दछु । 

हामीले प्रत्यके नागरिकको घरमा मास्क पुर्याइएका छौं । कम्तिमा मास्क अनिवार्य रुपमा लगाउन पर्यो । धोएर प्रयोग गर्न मिल्ने मास्कलाई हरेक दिन धोएर प्रयोग गर्नुस् भन्छु ।

जनप्रतिनिधिकै हिसाबमा वर्तमान सरकारलाई सरकारलाई सुझाव के दिनुहुन्छ ?
सरकारलाई मेरो सुझाव चाँही कोरोनाको राम्रोसँग अध्ययन गर्नपर्यो । अन्धोले हात्ति छामेको जस्तो विश्लेषण सरकारले गर्न भएन् । कोरोना संक्रमण रोग नै हो, यसले धनी गरिब केही भन्दैन् । सबैमा यो संक्रमणको डर छ । यसको रोकथाम गर्ने सम्पूर्ण जिम्मेवारी संघ सरकारको त्यसपछि प्रदेश हुँदै स्थानिय सरकारको हो । 

पिसिआर परीक्षणको दायरा बढाऔं । हामी जिम्मेवारीबाट भाग्ने छैनौं । सरकारले कार्ययोजना बनाएर संघ, प्रदेश र स्थानिय तहले गर्ने कामको खाका तयार बनाएरै एकीकृत रुपमा अघि बढौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर