कोरोनाका कारण कैलालीका तीन जनाको मृत्यु

कोरोना । कोरोनाका कारण कैलालीमा मात्रै तीन जनाको मृत्यु भएको छ । एक जनाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा वुधवार मृत्यु भएको हो भने एक जना महिलाको नेपालगंज मेडिकल कलेजमा मंगलवार मृत्यु भएको हो । यसअघि कैलालीकी एक महिलाको मृत्यु भएको थियो । 

शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार गरिरहेका उनको वुधवार साँझ मृत्यु भएको हो । उनको मंगलावर रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । मंगलवारदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन् ।

यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । मंगलावर मात्रै कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीया महिलाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी महिलाको कोरोना वुधवार पुष्टि भएको नेपालगंज मेडिकल कलेजले जनाएको छ ।

मंगलवार मृत्यु भए लगत्तै उनको स्वाब संकलन गरिएकोमा वुधवार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले पुष्टि गरे । शव मेडिकल कलेजमै राखिएको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । सेनाले शवको अन्त्यष्टि गर्ने भएका कारण स्थानीय प्रशासनलाई पनि जानकारी गराईसकेको उनले बताए ।

यसअघि डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो । दुई साता अघि प्रादेशिक अस्पतालको डायलाइसिस वार्डमा मृत्यु भएको थियो ।  ती महिलाको धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएपछि  रिपोर्ट पोजेटिभ आएको थियो । उनको सेतीमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको थियो ।

बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलाइसिस सुरु गर्नुअघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएपछि परिक्षण गर्दा पोजेटिभ आएको थियो । यो संगै कैलालीमा मात्रै  कोरोनाबाट मृत्यु हुनेको सङख्या ३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर