गण्डकी बोर्डिङका पूर्वविद्यार्थीद्वारा वीर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान 

काठमाडौं । पोखरास्थित गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीहरुको संगठन ‘पूर्व गण्डकी बोर्डिङ स्टूडेन्टस् एसोसिएसन’ ९एग्बोसा० काठमाडौंले वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । 

उक्त संगठनले बिहीबार एक कार्यक्रमबीच वीर अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेको हो । 

एग्बोसा, काठमाडौंकी अध्यक्ष डा. सुजिता हिराचनले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिन् ।
 
त्यस क्रममा एन–९५ माक्स, सेनिटाइजर, सेनिटाइजर डिस्पेन्सर, सर्जिकल माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री दुवै स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो । महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गर्ने उद्देश्यका साथ आफ्ना सदस्यहरुमार्फत सहयोग जुटाएर ती सामग्री हस्तान्तरण गरिएको डा. हिराचनले बताइन् । 

आगामी दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, तथा उपत्यका बाहिर लुम्बिनी अस्पतालमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको हिराचनले जानकारी दिइन् । 

उक्त अवसरमा पूर्वगण्डकी बोर्डिङ स्टूडेन्टस् एसोशियसनका सदस्य तथा वीर अस्पतालमै कार्यरत डाा. अनिल बराल, डा. दीपक मल्ल, डा. अपार रायमाझी र एग्बोसा, काठमाडौंका सदस्य पूर्ण पन्त लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर