• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘क्याथरिन द ग्रेट’को अर्ध–सत्य कथा 

ऐतिहासिक नाटकहरुमा प्रायः विनम्र श्रद्धा र कमजोर सत्यताका विषय वस्तु हुन्छन् । टोनी म्याकनमाराको नयाँ शो ‘द ग्रेट’ (पहिलो सीजन)ले यही जन्रालाई अनुशरण गरेको छ । १८औं शताब्दीको रुसी दरबारको लायक सबै शानदार कमेडीका साथ यसले रुसी महान महारानीको कहानी बताउँछ ।

मलाई ‘द ग्रेट’ मन पर्छ । ‘हुलु’ श्रृंखलाको यी दश भागको पटकथा टोनी म्याकनमारा (अष्ट्रेलियाली लेखक)ले लेखेका हुन् । उनी स्क्रिन लेखक पनि हुन् जसले योर्गोस लेन्थिमोसद्वारा निर्देशित उत्कृष्ट फिल्म ‘द फेभरेट’ दिइसकेका छन् । एक निक्कै हराउने ‘पेरियड कमेडी’ (ऐतिहासिक कथा) ‘द फेभरेट’ले इङ्ग्ल्याण्डको एक दिवंगत रानी अन्नेको १८औं शताब्दीको दरबारीय जीवनलाई देखाइएको छ । 

अस्वस्थ्य र अपूर्ण, उनी आफ्ना क्रुर महत्वकांक्षी ‘प्रियहरु’प्रति असंवेदनशील थिइन् । राजदरबारको एक आश्चार्यजनक वास्तविक वर्णन, ‘द फेभरेट’को क्रुरता, पतन र दुष्कर्मको चित्रण कुलीन वर्गको पुजा ‘हेरिटेज फिल्म’ र टेलिभजिन शोहरुमा धार्मिक जन्रामा परिवर्तन भए, जस्तै ‘डाउनटाउन अब्बे’, ‘द क्राउन’ र ‘द योङ भिक्टोरिया’ इत्यादि ।

‘द ग्रेट’ र ‘द फेभरेट’को शैली र विषयमा केही समानता पाइन्छ, यद्यपि यो न त ‘डार्क’ र न त वास्तविक तथ्यलाई समावेश गर्छ । यी श्रृंखलाहरुले रुसकी महारानी क्याथरिन द्वितीय उर्फ ‘क्याथरिन द ग्रेट’(एले फेनिङ अभिनित भूमिका)को विचित्र शाही दरबारको जीवनलाई देखाउँछ । उनको विवाह सम्राट पिटर तृतीयसँग हुन्छ, तर जब उनी सम्राटलाई हटाएर उसको गद्दीमा उनी बस्छिन् तब उनीहरुको विवाह समाप्त हुन्छ । सम्राट पिटरको भूमिकामा निकोलस हुल्ट छन् जसले प्रभावशाली प्रस्तुती दिएका छन् । 

यस एक भव्य, चम्किलो शोमा चम्किलो पँहेलो र हरियो रंगको वर्चस्व छ । ‘द ग्रेट’मा स्पष्ट रुपले म्याकनमाराको काम देखिन्छ । ‘द फेभरेट’मा जस्तै अर्थहीन ‘खण्ड शीर्षकहरु’ले प्रखुम श्रृंखलाहरुलाई उजागर गर्छ । जस्तो कि ‘द फेभरेट’ले हामी(दर्शक)लाई ‘दिस मड स्टिंक्स’ र ‘ह्वाट एन आउटफिट’ जस्ता शीर्षकहरु दिन्छ भने ‘द ग्रेट’ले ‘एण्ड यु, सर, आर नो पेटर द ग्रेट’, ‘वार एण्ड भोमिट’ र ‘मिटबल एट द डचा’ जस्ता फिचर भाग र्शीर्षकहरु दिएको छ ।
........
‘फिक्सन’भन्दा अनौठोः
प्रायः जसो ऐतिहासिक वास्तविकतामा कालखण्डहरुलाई कमजोर प्रयासहरुद्वारा चित्रण गरिन्छ, जसले ज्ञानवर्धन नभईकन विचलित गर्छन । ‘द ग्रेट’मा एक राजद्रोही व्याख्यात्मक मोडले हामीलाई इतिहासको बौलाहा मुटुमा ल्याउँछ । ताजा कालभ्रम र विलक्षण स्पर्शहरुको प्रयोगका लागि म्याकनमाराको जादुई कलाले एक अपरिचति ऐतिहासिक संसारको विचित्र पक्षहरुलाई व्यक्त गर्छ । 

अक्सर तपाईं यस शोमा जसलाई ‘फिक्सन’ मान्नुहुन्छ, त्यो वास्तावमै भएका घट्ना हुन् । उदाहरणका लागि, ‘अ पक्स अन होप’ उप–शिर्षक दिइएको आश्चायर्कचकित पार्ने श्रृंखलामा, क्याथरिनले दादुरा प्रकोपको सामना गर्नका लागि एक खोपको प्रयोगात्मक प्रयोगको वकालत गर्ने क्रममा उनले आफ्नो उत्कृष्ट शिक्षा र निर्णयको प्रदर्शन गर्छिन । भयकुल दरबारमा यस खोपको प्रभावकारितालाई प्रदर्शन गर्न उनी आफैंमा प्रयोग गर्छिन् । यसबाट थाहा हुन्छ क्याथरिन द ग्रेटले वास्तवमै खोपका लागि वकालत गरिन् र आफूमा प्रयोग गरिन । 

र अब अपार दबाबको माध्यमबाट पात्रको विकास र नयाँ साना घटनाहरु कसरी उत्पत्ति हुन्छन् भनी म्याकनमाराको सुविज्ञ कौशल प्रकट हुन्छ । जब पिटरको मुख्य व्यवहार बिलकुलै स्थिर र अविश्वासनीय लाग्छ, उदाहरणका लागि, हामीलाई उसको असिम आकर्षण वा उसको सराहनीय बहादुरीले प्रहार गरिन्छ । 

आठौं श्रृंखला ‘लभ हर्ट्स’मा एक भयानक दृश्य छ, जसमा पिटरको हत्या गर्ने अप्रत्याशित प्रयास गरिन्छ, त्यो क्याथरिन नभएर अरु कोही होइन । सम्राटको रक्षाको चिच्याहटले थकित दरबारको रहस्योद्घाटन गर्ने व्यक्तिहरु अचानक क्रुर र शारीरिक रुपले निडर बनेको प्रकट हुन्छ । पिटर, पिटरको साथी ग्रिगोर (ग्यिलिम ली) र पिटरको साथीको श्रीमती र पिटरकी प्रेमिका जर्जिना (च्यारिटी वेकफिल्ड)बाट बनेको एक भावनात्मक प्रबन्ध, यी सबै हत्याको दंगामा हाम फाल्छन्, जबकि क्याथरिन अचम्म भएर उभिन्छिन ।

......... 
‘द ग्रेट’ बन्नुः
आफ्नै हत्याको योजनामाथि असजिलो विचारपछि, जबकि उनका आफ्नै सजगताहरु अपांग छन् भने उनीहरु एक क्षणको सूचनामा कसरी लड्न सक्षम छन् भनेर क्याथरिन आश्चार्यचकित पर्छिन् र उत्तर सरल छः ‘तपाईं रुसी होइन ।’ र वास्तवमा, वास्तविक क्याथरिन– प्रशियाली मुलकी, उनले आफ्नो नयाँ भूमिकाको स्विकृति प्राप्त गर्नका लागि आफूलाई जति सकिन्छ रुसी जस्तो देखाउन कडा मेहनत गर्नुपर्छ । यद्यपि उनले भाषा प्रवाह, धार्मिक रुपान्तरण र अन्य परम्परागत दृष्टिकोणहरुमा ध्यान केन्द्रित गरिन । 

क्याथरिन वास्तवमै उच्च आदर्श, उत्सुक बौद्धिक खोज र उच्च आलौकिक महत्वाकांक्षा भएकी शक्तिहीन प्रशियन राजकुमारी थिइन् । जसले एक असहाय पिटर तृतीयसँग विवाह गरिन्, वास्तावमा उनी बहादुर र आकर्षक थिएनन् । आफ्नो विनाशकारी शासनकालको ६ महिनापछि क्याथरिनले पिटरबाट उसको सिंहासनलाई यति कुशलताले लिन्छन, यसले विश्वलाई चकित पार्यो । फेड्रिक द ग्रेट अफ प्रशियाले पिटरलाई ‘एक बालकलाई ओछ्यानमा पठाइए जसरी आफैंले आफूलाई पदच्युत पार्न अनुमति दिएको’को रुपमा उपहास गरे । 

यहाँ एक हाँस्यास्पद ऐतिहासिक विवरण दिइएको छ, जसले म्याकनमाराको इतिहासप्रति कोलाहलपूर्ण दृष्टिकोण कसरी एक राम्रो दृष्टिकोण हो भन्ने बताउँछ । वास्तविक पिटर तृतीयको मृत्यु पदच्युत गरिएको केही महिनापछि नै रहस्यमयी परिस्थितिमा भएको थियो, उनको मृत्यु ‘रगतमासी’का कारण भएको मानिन्छ । 

वास्तवकि क्याथरिनले उनको श्रीमानकी काकी महारानी एलिजाबेथ तृतीयको मृत्यु हुनअघि धेरै थकित वर्षहरु कुर्नु परेको कुरा ध्यान दिन लायक छ । एलिजाबेथ तृतीयको मृत्युपछि नै पिटर तृतीयलाई शासन चलाउने अनुमति मिलेको थियो । ‘द ग्रटे’मा क्याथरिनको ताजा युवा रुपको ठीक विपरित, सन् १७६२ मा महारानी ३३ वर्षकी थिइन, जतिबेला पिटरलाई अंकुश लगाएर किनारा लगाइन् र पदभार सम्हालिन । स्थितिलाई आकार दिनका लागि उनीसँग धेरै समय थियो ।

‘द ग्रेट’को यी श्रंखलाहरु एलिजाबेथको शासनकालले पनि भरिएका छन् । उनलाई प्रेमपूर्वक मूर्ख दरबारको भूमिका ‘आन्ट एलिजाबेथ’(बेलिन्डा ब्रोमिलो)मा परिवर्तन गरिएको छ । जो पुतलीलाई पाल्तु जनावरको रुपमा प्रशिक्षित गर्छिन् र ‘पागलपन’लाई दुबै शरणार्थी र षड्यन्त्रकारी दरबारको षड्यन्त्रहरुलाई रोक्ने एक चालको रुपमा प्रयोग गर्छिन । 

नियन्त्रण र प्रयोग गर्ने क्याथरिनको उल्लेखनीय क्षमताले उनको कामुकताको बारेमा दुष्चक्रको जन्म दिन्छ । जस्तो कि उनको उपलब्धिहरुलाई कम गर्ने उनको अधिकारलाई कमजोर बनाउने प्रयासको रुपमा प्रयोग गरिन्छ । यीमध्ये सबैभन्दा चर्चित प्रसंगमा उनको जंगली कामुकतालाई लिइन्छ ।

उनी यति असंवेदशील थिइन् कि उनको मृत्यु एउटा घोडासँग सम्भोग गर्ने प्रयासका कारण भएको अफवाह थियो । उनको मृत्युको बारेमा थुप्रै कथा बनेका छन् । तर, वास्तवमा क्याथरिनको मृत्यु ६८ वर्षको उमेरमा दरबारको एक विस्तारामा आघातका कारण भएको थियो, जसले ३४ वर्षसम्म शासन गरिन् । 

क्याथरिनको जंगली कामुकताको किस्साहरु सजिलै थोरै खोजमा भेटिन्छन् । यस विषयका ऐतिहासिक दस्तावेजहरुले आश्चार्यचकित पार्छन । उनको जीवनकालमा बाह्र जना प्रेमी रहेको बताइन्छ । जसमा अधिकांशलाई उनले साथीको रुपमा वरपर राखिन । उनीहरुलाई उदारतापूर्वक राम्रो जागिरका साथ पेन्सन दिइन । 

‘द ग्रेट’ श्रृंखलाले क्याथरिनको प्रेम प्रतिष्ठाको एउटा कथा वर्णन गर्छ । यस शोमा भाइपेरिश दरबारका महिलाहरु क्याथरिनको घोडा प्रेमीको बारेमा अफवाह सुरु गर्छन । र, जबसम्म उनी सम्मानको आदेश कसरी दिइन्छ भन्ने सिक्दिनन्, दरबारको प्रत्येक हलवेमा घोडाको जस्तो भयानक आवाजले उनलाई पछ्याइरहन्छ । यसबाहेक एक ध्यान दिन लायक नोट छोड्छ जब पिटर उक्त अफवाहको बारेमा थाहा पाउँछन्, तर यसलाई लिएर ध्यान दिदैंनन् ।

यद्यपि, म्याकनामाराले क्याथरिनको जीवन र उपलब्धिहरुलाई जसरी वर्णन गरेका छन् त्यसमा ‘घोडासँगको सम्भोग बारेको एक कामुक शीर्षकलाई कम गरेका’ छन् । हामीले स्विकार्नु पर्छ कि बदनामीका धब्बाहरु चर्चित छन् किनकि हामी यसलाई मन पराउँछौं । क्याथरिनको उपलब्धिहरुको कुनै सुचीले भन्दा राम्ररी उनको महान कामुकताको बारेमा झुटका किस्साले उनलाई मानिसको कल्पनामा जिवन्त बनाएको छ । 

क्याथरिनको सबैभन्दा उत्कृष्ट फिल्मी चित्रणले कोठा, महल, मुलुक र विश्वका लागि उनलाई अतिरिक्त अद्भूत देखाउँछ । क्याथरिनको भूमिका निभाउने कलाकारहरु पनि आफ्नो ग्ल्यामर, निभर र स्वतन्त्रताका लागि चिनिन्छन । सन् १९४५ को ‘अ रोयल स्क्यान्डल’मा क्याथरिनको भूमिका निभाउने तल्लुलाह बान्खिड, त्यस्तै सन् १९३४ मा ‘द स्कारलेट इम्प्रेस’की क्याथरिन मारिलिनी डाइट्रिच । डाइट्रिचको क्याथरिन एक धनुषाकारको आँखी भौंका साथ आफ्ना सैनिकहरुलाई ‘हेल्लो ब्वोइज’ भनी अभिभादन गर्छिन । उनी प्रत्येक एकसँग यौन आनन्द लिन्छिन र यौन प्रभुत्वका लागि नियम बनाउँछिन । 

‘द ग्रेट’ ती क्लासिक जन्राको तुलनामा बढी सोम्य छ किनकि यसले युवा क्याथरिनको सुरुवाती परीक्षणलाई देखाइन्छ । सुरुका दुई भाग केही सुस्त छन् किनकि यति बेलासम्म उनी रुसी दरबारमा एक आदर्शवादी प्रशिया युवती छिन् । यहाँसम्म उनका लागि एक योग्य प्रतिद्वन्द्वी छैनन् । तर उनका श्रीमान पिटरको निराशाजनक नशाको लत हुन्छ । तेश्रो श्रृंखलातिर उनी पिटरलाई शक्तिमा ल्याउनका लागि प्रतिद्वन्द्वीहरु धर्मगुरु द आर्कबिसप र पियक्कड जनरल भेलेमेन्टोभलाई सत्कार गर्दै सामान्य ज्ञान लिइरहेकी छिन । त्यसपछि उनी होशियार कुटनीतिज्ञ ओर्लो र दरबारकी पूर्व लेडी तथा उनकी नोकर्नी मारियलसँग चतुर सहयोगीको गठजोड् निर्माण गरिरहेकी छिन ।

लियो भोरोन्स्कीसँगको प्रेम कहानी श्रृंखलाहरुकै मलाई सबैभन्दा कम मनपर्ने भाग हो । निकटताको सेतो तापक्रममा जिन्दगीलाई सम्हाल्ने लियोको तरिका भाग्यबाट आफैंले राजीनामा दिनु र प्रत्येक क्षणको आनन्द लिने प्रयास हो । तर उनीहरुबीचको प्रेम अझ तीब्र र गम्भीर बन्दैज ान्छ । यदि तपाईंले १०५० दशक तिरको उच्च शक्तिमान करियर भएकी एक महिलाका बारेमा बनेको कुनै पनि पुराना फिल्म हेर्नुभएको छैन भने अनुमान लगाउनुहोस् यस प्रेमलाई बचाइराख्नका लागि उनले के बलिदान दिनुपर्ला ? हो यही नै यसको ‘प्लटलाइन’ हो । वास्तविक क्याथरिन द ग्रेट निक्कै कठिन र संसाधनपूर्ण थिइन् । उनले आफ्नो रोमाञ्चक जीवनलाई निकै राम्ररी प्रबन्ध गरेकी थिइन् । 

हाल दोश्रो सीजन आउने पुष्टि भइसकेको छैन, म चाहान्छु ‘द ग्रेट’ अन्य दश शानदार सीजन बनोस् ।

(एजेन्सीको सहयोगमा गिता सुब्बाको अनुवाद ।)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर