• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

काठमाडौं, भक्तपुर र महाकाली नदी किनारबाट यस्तो देखियो सूर्यग्रहण [फोटोफिचर]

काठमाडौं । आज आइतबार सूर्यग्रहण लाग्यो । यो ग्रहणले सूर्यलाई पूरै ढाक्यो । तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देखियो । 

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

खगोलविदहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइदिँदा सूर्य ग्रहण लाग्छ । 

आइतवार लागेको सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको थियो । त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्‍चिम भारत, भारतको देहरादून, कुरूक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिनेछ ।

नेपालका विभिन्न ठाउँहरुबाट सूर्यग्रहण खण्डग्रास लाग्यो । महाकाली नदिको किनारदेखि राजधानीसम्मका विभिन्न ठाउँबाट यसको अवलोकन भएको छ ।

 

तस्बिरहरु : रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर