• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 08:05 am

कोरोना जोखिम हुन नदिन कनकाई नगर बन्द

झापा । झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ । क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो ।  

नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको आज  बसेको बैठकको सो  निर्णय गरेको हो । नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा  आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको भेटघाट श्रीमान्सँग भएको र श्रीमान्को सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो ।

नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दुरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ । सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ । त्यसैगरी आजै मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ

संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिए । सङ्क्रमित महिला भारतको युपीबाट गत जेठ ३० गते काँकडभिट्टा आएकी थिइन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गठन भएको २७ महिनापछि कर्णाली प्रदेशसभाका संसदीय समितिले नेतृत्व पाउँदै

  • २६ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत

कर्णालीको आगामी बजेट सर्वसम्मत पारित

  • २५ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बुधवार सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले

कैलालीमा हत्या आरोपी प्रहरी थुनाबाट हत्कडीसहित भागे

  • २५ असार, २०७७

कैलाली । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३