• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 09:08 am

जनकपुरधाम उपमहानगरको नगरसभाको विरोधमा वडाध्यक्षहरु नै धर्नामा

जनकपुरधाम । नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजनाबारे जानकारी नगराईएको भन्दै आज हुने भनिएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कार्यालय अगाडी धर्ना दिईरहेका छन् । 

कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफुहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै नगरप्रमुख लालकिशोर साहले आफुहरुलाई जबरजस्ती माईन्युटमा हस्ताक्षर गर्न दबाब दिईरहेकाले नगरसभा हुन नदिन आफुहरुले धर्ना दिनुपरेको वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले बताए । 

यसअघि सोमबार आफुहरुले माग गरेअनुसारकोएजेण्डासहितको कार्ययोजना नआएपछि वडाध्यक्षहरुले विरोध गर्दा नगरप्रमुख साह पक्षका केही वडाध्यक्ष र अन्य वडाध्यक्षहरुबीच केही बेर विवाद भएको थियो । 

प्रत्येक वर्ष उपमहानगरपालिकाको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकाले आफुहरु उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा प्रमुख लालकिशोर साह तानशाही ढंगले प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट निकासा गर्न आज नगरसभा हुन लागेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गठन भएको २७ महिनापछि कर्णाली प्रदेशसभाका संसदीय समितिले नेतृत्व पाउँदै

  • २६ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत

कर्णालीको आगामी बजेट सर्वसम्मत पारित

  • २५ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बुधवार सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले

कैलालीमा हत्या आरोपी प्रहरी थुनाबाट हत्कडीसहित भागे

  • २५ असार, २०७७

कैलाली । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३