जनकपुरधाम उपमहानगरको नगरसभाको विरुद्धमा बहुमत सदस्यले गरे हस्ताक्षर

बहुमत पुर्याउन मेयर पक्षधर फर्जी हस्ताक्षर जम्मा गर्दै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको बिरोधमा वडाध्यक्षहरु नै उभिएपछि मेयर पक्षधरहरु वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गराइएको पाइएको छ । 

नगरसभा जसरी पनि संचालन गर्ने उद्देश्यले मेयर पक्षधरहरु बहुमत पुर्याउनका लागि फर्जी हस्ताक्षर गरिरहेको भिडियो बाहिरिएको छ । नगरसभा संचालन गर्न नदिने भन्दै वडाध्यक्षहरु धर्नामा बसेको समयमा उपमहानगरको कार्यालय भित्र फर्जी हस्ताक्षर जम्मा गर्ने कार्य भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष दिपेन्द्र साहले जानकारी दिएका छन् । 

यता नगरसभा संचालन गर्न नदिने पक्षमा पनि वडाध्यक्षहरुले हस्ताक्षर अभियान चलाएका छन् । उनीहरुको पक्षमा ७४ जना उपमहानगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुले हस्ताक्षर गरेका छन् । कुल १ सय ३३ सदस्य मध्ये ७४ जनाले नगरसभाको बिरुद्धमा हस्ताक्षर गरेका छन् । 

यता वडा नम्बर ३का वडाध्यक्ष साह नगरसभाको पक्षमा कस कसले हस्ताक्षर गरेको छ भनेर बुझ्न खोज्दा नगरपालिकाका कर्मचारी नसिम राइनले सो हस्ताक्षर गरिएको कागज नै च्याएतेका छन् । उनले भने ‘मेयर लालकिशोर साहको ईशारामा फर्जी हस्ताक्षर गराइएकोले चोरी बाहिर निस्किने डरले उनले सो कागज च्यातेका हुन् ।’  बहुमत सदस्य नगरसभाको बिरुद्धमा लागेपछि मेयर साहलाई नगरसभा संचालन गर्न हम्मै हम्मै परिरहेको छ । 

यता वडाध्यक्षहरु नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजना बारे आफूहरुलाई केही जानकारी नगराइएको भन्दै वडाध्यक्षहरु धर्नालाई निरन्तरता दिनुका साथै हस्ताक्षर अभियानलाई समेत जारी राखेका छन् ।     

जनकपुरधाम उउपमहानगरपालिकाको नगरसभा असार ९ र १० गते गर्ने यस अघि नै तय गरिएको थियो । साढे ८ बजेदेखि नगरसभा संचालन गरिने भनिएपनि अहिलेसम्म नगरसभा बहुमत सदस्यहरुको बिरोधका कारण शुरु हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर