• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

‘फलहरुको राजा’ पाकेको रसिलो आँप खाँदा क्यान्सर निकोदेखि यौन शक्ति बढाउने १० फाइदाहरु छन्

काठमाडौं । विश्वका केही भागमा आँपलाई ‘फलहरुको राजा’ मानिन्छ । यस फलको बीचमा ठूलो बिउ(कोया) हुने भएकाले यसलाई ‘ढुंगे फल’ पनि भनिन्छ । मुख्य रुपले भारत र दक्षिणपूर्वी एसियाको रैथाने यस फल ४ हजार वर्ष अघिबाट खेती गर्दै आइएको छ । 

समान्यतया नेपालमा जेठ महिना लागेपछि आँप खाने सिजन सुरु हुन्छ । कतिपयले काँचोमै खान रुचाउँछन् त कोहीलाई पाकेपछिको स्वाद मनपर्छ । काँचो र पाकेको आपको आ–आफ्नै फाइदा छन् । यो फल स्वादिलो मात्रै हुँदैन, यसले उल्लेखनीय रुपले स्वास्थ्यलाई फाइदा पुर्याउँछ । आँपको स्वास्थ्यमा हुने फाइदाहरुबारे यस प्रकार छन्ः

१. क्यान्सरसँग लड्न सघाउँछः आँपमा म्यागिफेरिन, क्याटेचिन्स क्विरसेन्टिन, फिसेटिन, इसोक्वारसिट्रिन, एस्ट्रगलीन, गालिक एसिड र मिथाइल ग्यालटलगायत थुप्रै एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले ड्यामेज अर्थात् बेकारको कोषलाई पुनर्जीवन दिनका सार्थ पुननिर्माण गर्न मद्दत गछ । जसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ र स्तन क्यान्सर, कोलोन, प्रोस्टेट र लिउकेइमिया क्यान्सर विरुद्ध लड्न सघाउँछ । 

२. कोलेस्ट्रोल नियन्त्रण गर्छः आँपमा उच्च मात्रामा भिटामिन–सी,फाइबरे र पेकटिन पाइन्छ, जसले रक्त सिरममा कोलेस्ट्रोलको मात्रालाई कम गर्न सहयोग गर्छ । आँपमा पाइने पोषक तत्वले मुटुलाई स्वास्थ्य राख्न सहयोग गर्छ । उदाहरणका लागियसमा पाइने म्याग्नेसियम र पोटासियमले पल्स र रक्त वाहिनीहरु सन्तुलमा रहन्छ ।

३. स्वस्थ्य छाला र कपालका लागिः आँप खाँदा तपाईको शरीरको भित्र तहबाटै छालालाई सफा गर्छ र चमक पनि ल्याउँछ । आँपमा पाइने भिटामिन–ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ । यसमा भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसमा पाइने भिटामिन–एले चाँया हटाउनका साथै कपालमा चमक ल्याउँछ । यतिमात्रै होइन, खानुबाहेक आँपलाई छाला घोट्नु भयो भने यसले छालालाई अझ बलियो र चम्किलो बनाउँछ । 

४. मधुमेह नियन्त्रणमा सहयोगः आँपको पात मात्रै खानाले पनि मधुमेह नियन्त्रण हुन्छ । मधुमेह भएका व्यक्तिले आँपको ५–६ वटा पात उमालेर रातभरि राखेर बिहानै छानेर पिउँदा फाइदा गर्छ । आँप गुलियो भएपनि ग्लिसेमिक इन्डेक्स कम हुने भएकाले यसलाई खाँदा शरीरमा सुगर बढ्दैन । 

५. स्वास्थ्य आँखाका लागिः आँपमा पाइने भिटामिन–एले रेटिनोलले आँखाको शक्ति बढाउनका साथै रतन्धो र आँखा सुख्खा हुनबाट पनि बचाउँछ । 

६. तौल घटाउनः त्यसो त आँपमा विभिन्न भिटामिन र पौष्टिक तत्व पाइन्छ, तर यसमा पाइने फिब्रोस कन्टेन्टले पाचन प्रणालीलाई सुधार्छ र शरीरबाट अनवाश्यक क्यालोरीलाई बर्न गर्छ । यसरी तपाईलाई तौल घटाउन सहयोग गर्छ । 

७. यौन क्षमता बढाउछः आँपलाई ‘प्रणय फल’ पनि भनिन्छ किनकि यसमा पाइने भिटामिन–ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ, विशेषगरी पुरुषमा । आँँपमा पाइने फोलेट र फोलिक एसिडयुक्तले प्रजनन क्षमता बढाउन मद्दत गर्छ। 

८. पाचन प्रणाली सुधार्छः आँपमा पाइने इन्जायमले प्रोटिनलाई टुक्र्याउने र फाइबरले पाचन प्रणालीलाई सुधार्न सहयोग गर्छ । यसमा पाइने फाइबरले मुटु रोग, टाइप २ मधुमेहको खतरालाई पनि कम गर्छ । पाकेको भन्दा काँचो आँपमा बढी पेक्टिन फाइबर पाइन्छ । 

९. रोग प्रतिरोध क्षमता वृद्धि गर्छः यसमा पाइने भिटामिन–सी, ए र अन्य तत्वले रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो र स्वास्थ्य राख्न मद्दत गर्छ । गर्मी मौसममा पाइने यस फलले लु लाग्नबाट पनि बचाउँछ । 

१०. उच्च आइरनको मात्राः आँपमा पाइने फलाम तत्वले रक्तअल्पता जस्ता समस्यामा मद्दत गर्छ । विशेषगरी महिलाहरुले आँपको उपभोग गर्नु राम्रो हुन्छ, यसले महिलामा आइरन र क्याल्सियमको मात्रा बढाईदिन्छ ।  यदि तपाईको ध्यान केन्द्रित नहुने समस्या छ भने आँपले पनि केही मात्रामा एकाग्र बन्न सहयोग गर्छ । स्वास्थ्य खबरसम्बन्धी विविभन्न वेबसाइटको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर