• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

साउथह्याम्पटनको मैदानमा आर्सनललाई जित दिलाउन एडवार्ड एनकेइटा र जोसेफ विललकले एक एक गोल गरे । सेन्ट मेरी स्टेडियममा २० औं मिनेटमा एडवार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा जयक स्टेपहेन्सले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८७ औं मिनेटमा जोसेफले गोल गर्दै आर्सनललाई २(० को जित दिलाए । जितसँगै आर्सनलले ३१ खेलबाट ४३ अंक जोडेको छ । आर्सनल लिगको नवौं स्थानमा रहेको छ ।

३७ अंक जोडेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नलीले वाट्फोर्डलाई १–० ले हराएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर