• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

बालुवाटारमा स्थायी कमिटी बैठक सुरु, प्रस्तावित एजेण्डामाथि छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

बुधबारबाट सुरु भएको पार्टीको पाँचौ स्थायी कमिटी बैठकमा आजबाट नेताहरुले प्रस्तावित एजेण्डामाथि धारणा राख्दैछन् । बुधबारको बैठकमा सात बुँदे एजेण्डा प्रस्तुत भएको थियो । 

बैठक बिहान ११ बजेर २० मिनेटबाट शुरु भएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिए ।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविधसहित सात एजेण्डा छलफलका लागि प्रस्तावित छ ।  विविधि अन्तर्गत भने रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ता कटौतिको विषय एजेण्डामा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर