‘जहाँसम्म गंगाको पानी देखिन्थ्यो त्यहाँसम्म केवल मान्छेको लास थियो’
एजेन्सी । हिन्दीको महान् कवि सूर्यकान्त त्रिपाठी, जसलाई महाप्रणको उपाधी दिइएको छ । उनले ‘कुल्ली भाट’ मा लेखेका छन्– ‘म डाल्माऊमा गंगाको किनारमा उभिरहेको थिएँ । जहाँसम्म गंगाको पानी देखिन्थ्यो त्यहाँसम्म पानीमा केवल मानिसको लाश मात्र थियो । मेरो सासुले मलाई खबर पठाए कि, मेरो श्रीमती मनोहरा देवीको मृत्यु भयो ।’
मेरो भाइको जेठो छोरा १५ वर्षको थियो । अनि मेरो एक वर्षकी छोरीको पनि मृत्यु भयो । मेरो परिवारका अरु सदस्यले पनि संसार छोडेका थिए । हेर्दा–हेदै मेरो आखाँको अगाडी मेरो परिवार बिलाएको थियो । मैले चारै तर्फ अँध्यरो मात्र देखेको थिएँ । अखबारबाट थाहा पाँए मेरो परिवारका सबै सदस्य एक महामारीको शिकार भएका थिए ।
पहिलो विश्वयुद्ध लगत्तै भारतमा मात्र होइन, विश्वव्यापी रुपमा स्पेनिश फ्लु महामारी फैलियो । जसको कारण सूर्यकान्त त्रिपाठीको श्रीमती मनोहर देवी, भाउजु, भाइ, काका र उनको छोरीको ज्यान गयो ।
त्यसपछि गम्भीर आर्थिक संकटसँग लड्दा–लड्दै निरालाले आफ्नो अधिकांश जीवन इलाहाबादमा बिताए । उनले एक कविता लेखेका छन् ।
जसमा उनको पीडा पोखिएको छ :
थाहा छैन किन यो आयो
ठक्कर खाँदै दिन बित्यो
उठेर पनि सम्हाल्न सकिएन
झरिरह्यो आँसु पिउँदै गयो
हताश जिद्दी सबै हट्यो
नामको अभिमान पनि छोडिदिए
देखेको मायाको डोर काटियो
सुन्नुहोस् उसले भन्छ खुब गर्नुभयो
तर पास छोड्ने बित्तिकै
ती सबै भूतहरु सवार भयो
मलाई गफलमा पाउने बित्तिकै
फेरी पहिले जस्तै वार भयो
एक हात पनि सम्हालिएन
कमजोरहरुको बस अरु के हुन्छ ?
भने –निर्दय कहाँ छ तेरो दया
मलाई चोट पुर्याउनुमा कारण के छ ?
राती सुत्दा यस्तो सपना देखियो
ऊ भन्छ, तिमी हाम्रो हो
खैर अब त मलाई आफ्नो देख्यो
कसले भन्छ अब तिमीले हार्यौँ
अब यदि तपाईंलाई कसैले सताए
त्यही मलाई याद गर्नुहोस्
नजर किन भोली नआओस्
प्रेमको अभिव्यक्ति द्रुत गर्नुस्
प्रतिकृया दिनुहोस