प्रदेश पाँचमा भित्रियो सलह, एक किलोकोे २० रुपैँयामा वडाले किन्ने

बुटवल । प्रदेश पाँचमा सलह भित्रिएपछि यसको नियन्त्रणका उपायहरु अवलम्वन गर्न थालिएको छ । भारतबाट शनिवार दिउँसो रुपन्देही सहित आसपासका जिल्लामा सलहको झुण्ड प्रवेश गरेको थियो । प्रदेश पाँच सरकारले सलह नियन्त्रणका तीन उपाय अवलम्बन गरेको छ । शनिवार दिउँसो प्रदेशको विपत ब्यवस्थापन समितिको बैठक बसेर यस बारेमा छलफल समेत गरेको छ ।

बैठकमा किसानको बाली कसरी जोगाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलह भित्रिएपछि सरोकारवालाहरुका वीचमा छलफल भएको बताए । 

किसानलाई सचेत गराउने देखि विषादी छर्नेसम्मका कुरालाई प्रथामिकतामा राखेको छ । भूमि ब्यवस्था  कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजवहादुर सुवेदीले एक किलो सलह जम्मा गरेर ल्याउनेलाई सम्विन्धित वडा कार्यालयबाट २० रुपैँया दिने निर्णय भएको बताए । प्रति किलो २० रुपैँया दिँदा प्रोत्साहन मिल्ने भएकाले यस्तो निर्णय गरिएको भन्दै उनले बोट बिरुवामा बाक्लै बस्ने भएकाले धेरै जम्मा गर्न सकिने देखिएकाले २० रुपैया दिएर प्रोत्साहन गर्न खोजिएको बताए । 

रुपन्देहीमा भित्रिएको सलह उत्तरतर्फ लागेको छ । मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले हावा दक्षिणबाट उत्तर तर्फ वगेकाले सलह उत्तरतर्फ लागेको बताए ।  भूमि ब्यवस्था  कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश पाच सरकारले सलहबाट किसानको खेतीमा क्षती नहोस भनेर आवश्यक तयारीका साथ नियन्त्रणका काम अगाडी बढाइएको बताइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर