प्रदेश सञ्चार विधेयक प्रदेश दुईको प्रदेशसभाबाट सर्व सहमतिले पारित

जनकपुरधाम । प्रदेश सञ्चार विधेयक प्रदेश दुईको प्रदेशसभाले सर्वसम्मतिबाट पारित गरेको छ । सदनमा प्रस्तुत भएको झण्डै दुई वर्षपछि प्रदेश संचार विधेयकलाई प्रदेश दुईको प्रदेशसभाले सर्व सहमतिबाट पारित गरेको हो । 

प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथी संचारकर्मीहरुले बिरोध जनाएपछि केही दफामा संशोधन गर्दै संचार विधेयकलाई पारित गरिएको हो ।

प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने संचारमाध्यम तथा संचारकर्मीहरुलाई १० देखि १५ लाखसम्म जरिवाना गर्ने लगायतको दफामा चौतफी रुपमा आलोचना भएपछि केही धारामा संशोधन तथा केही धाराहरु नै हटाइएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । 

विधेयकबाट १० लाख देखि १५ लाखसम्म जरिवानाको व्यवस्थालाई हटाएर १०देखि २० हजारसम्म जरिवाना कायम गरिएको छ । त्यस्तै मन्त्री यादवका अनुसार विधेयकबाट दफा ७, दफा ९ हटाइएको छ भने, दफा ४२मा उल्लेख रहेको काउन्सिलको पदाधिकारीलाई चेतावनी, निलम्बन तथा पदमुक्त गर्न सक्नेबाट निलम्बन तथा पदमुक्त हटाइएको छ ।

दफा ६३, दफा ६४, दफा ६८, दफा ६९ लगायतको दफा संशोधन गरिएको मन्त्री यादवले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर