• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सेल्टासँग बार्सिलोनाले खेल्यो बराबरी, उपाधि यात्रा झन कठिन

काठमाडौं । स्पेनिस लिगमा साविक बिजेता बार्सिलोनाले शनिबारको खेल बराबरीमा टुंग्याएको छ । बराबरीसँगै बार्सिलोनाको उपाधि यात्रा झन कठिन बनेको छ । दोश्रो स्थानको रियल मड्रिड एक अंकले पछि छ भने उसले एक खेल पनि कम खेलेको छ । 

बार्साको घरेलु मैदानमा भएको शनिबारको खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो । खेलको २० औं मिनेटमा कप्तान मेसीले हानेको फ्रि किक बललाई लुईस स्वारेजले हेड मार्फत गोल गरे । दोश्रो हाफको ५० औं मिनेटमा सेल्टाका लागि स्मोलोभले गोल फर्काए । ६७ औं मिनेटमा बार्साले स्वारेजकै गोलबाट फेरी अग्रता लियो । तर खेलको अन्तिम समयमा सेल्टाले डि बक्स नजिक पाएको फ्रि किक खेरजान दिएन । सेल्टाको कप्तान लागो आसपासले आकर्षक फ्रिकिक गोल गरेर खेललाई बराबरीमा ल्याए । 

खेलमा अधिकाँश समय बल नियन्त्रणमा लिएपनि बार्सिलोनाले परिणाम आफ्नो पक्षमा पार्न नसक्दा उपाधिको बाँकी यात्रा कठिन मोडमा पुगेको हो । लिगका कूल ३८ खेल मध्य बार्सिलोनाले ३२ खेल खेलिसकेको छ भने रियल मड्रिडले ३१ खेल पुरा गरेको छ । बाँकी खेल सवैमा जित हात पारेमा यो सिजनको ला लिगा उपाधि रियलको पोल्टामा पर्नेछ । 

बार्सिलोनाले उपधि रक्षा गर्नका लागि रियलले बाँकी केही खेलमा बराबरी वा हार बेहोर्नुपर्नेछ भने उसले सबै खेल जित्नुपर्ने छ । उपाधि होडको यो यात्रा बार्साको बराबरी संगै अझ रोचक बनेको छ । 

यसैबीच कप्तान लियोनल मेसी आफ्नो करिअरको ७ सय औं गोल गर्नबाट आज पनि बन्चित भए । ६९९ गोल संख्या पुर्याएका मेसीका समर्थकहरुले आजको खेलमा मेसीले थप एक गोल गर्ने र उनको गोलसँख्या ७ सय पुग्ने अनुमान गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर