• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 07:25 am

बुन्डेसलिगा च्याम्पियन बायर्नको वुल्भ्सवर्गमाथि जित 

 एजेन्सी । यस सिजनको जर्मन बुन्डेसलिगाको अन्तिम खेलमा च्याम्पियन बायर्न म्युनिखले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४० गोलले पराजित गरेको छ । बायर्नलाई सहज जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गर्न सफल भएका थिए ।

बायर्नका लागि खेलको चौंथो मिनेटमा कोम्यान गोल गर्दै अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा माइकल बायर्नका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बायर्न दोस्रो हाफमा पनि उत्तिकै प्रभाव जमाउन सफल रह्यो ।बायर्नका लागि खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खाएपछि बोल्फ्सबर्गलाई नमिठो झट्का लागेको थियो ।

उनले बायर्नका माइकलविरुद्ध फल गरेका थिए । रेफ्रीले रातो कार्ड देखाएपछि वोल्फ्सबर्ग १० जना खेलाडीमा सिमित भएको थियो भने बायर्नले पेनाल्टीको मौका पाएको थियो जसलाई लेवान्डोस्कीले सदुपयोग गरे । उनको यो सिजनको ३४ औं गोल रह्यो ।

बायर्नका लागि खेलको ७९ औं मिनेटमा मुलरले गोल गरे ।वोल्फ्सबर्गविरुद्ध सानदार जित हात पारेको बायर्न यस सिजनको ट्रफी उचालेको छ । बायर्नको यो ३० औं बुन्डेसलिगा उपाधि हो । यस सिजन बायर्नले ३४ खेलमा ८२ अंक जोड्दै उपाधि उचालेको छ । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको भारतीय क्रिकेट बोर्डका अध्यक्षको भनाई

  • २४ असार, २०७७

नयाँदिल्ली । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताएका छन् । क्रिकेटको विश्व निकायले टेस्ट

अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्याण्डले पहिलो टेष्टमा आज वेष्ट इन्डिजसँग खेल्ने

  • २४ असार, २०७७

कोरोना भाइरसका कारण लामो समय रोकिएको अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदैछ । आज इंग्ल्याण्डले पहिलो टेष्टमा आज वेष्ट इन्डिजसँग खेल्नेछ । त्यसका

शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसंग पराजित

  • २४ असार, २०७७

एजेन्सी । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानसंग हार ब्यहारेको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसंग